नेपालका लागि दोस्रो विकेट लिए सन्दीप लामिछानेले
काठमाडौँः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा अहिले नेपालले क्यानडासँग प्रतिस्पर्धा गरिरहेको छ । नामिबियामा भइरहेको जित्नैपर्ने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि क्यानडा ब्याटिङमा छ।
ब्याटिङ लाइनअप बलियो रहेको क्यानडाले १३ ओभरका दोस्रो बल खेल्दा दुई विकेट गुमाएको छ । नेपालका लागि दोस्रो विकेट सन्दीप लामिछानेले लिए । सन्दीप लामिछानेको बलमा ज्ञानेन्द्र मल्लले क्याचआउट गरेका हुन् । दोस्रो विकेटका रुपमा क्यानडाका कप्तान नितिशकुमार आउट भएका छन् ।
यसअघि १० ओभरमा नेपालले पहिलो सफलता स्वरुप पहिलो विकेट लिएको थियो । बसन्त रेग्मीको बलमा रोहित पौडेलले आर गुनासेकरालाई क्याचआउट गरेर पहिलो विकेट लिएका थिए । गुनासेकरा २४ बलमा ९ रनमै आउट भएका थिए ।
१५ ओभरको समाप्तिमा क्यानडाले दुई विकेटको क्षतिमा ६५ रन बनाएको छ ।