१७ ओभरमा नेपाललाई तेस्रो सफलता : सन्दीप लामिछानेले लिए व्यक्तिगत दुई विकेट
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा अहिले नेपालले क्यानडासँग प्रतिस्पर्धा गरिरहेको छ । नामिबियामा भइरहेको जित्नैपर्ने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि क्यानडा ब्याटिङमा छ। १७ औं ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेटकाे रुपमा क्यानडाका डिएन पथिरानालाई आउट गरेका छन् । पथिरानाले ११ बलमा दुई रन मात्र बनाएर आउट भए ।
यसअघि नै ब्याटिङ लाइनअप बलियो रहेको क्यानडालाई १३ ओभरका दोस्रो बल खेल्दा दुई विकेट गुमाएको थियो । नेपालका लागि दोस्रो विकेट सन्दीप लामिछानेले लिएका थिए । सन्दीप लामिछानेको बलमा ज्ञानेन्द्र मल्लले क्याचआउट गरेका हुन् । दोस्रो विकेटका रुपमा क्यानडाका कप्तान नितिशकुमार आउट भएका थिए ।
यसअघि १० ओभरमा नेपालले पहिलो सफलता स्वरुप पहिलो विकेट लिएको थियो । बसन्त रेग्मीको बलमा रोहित पौडेलले आर गुनासेकरालाई क्याचआउट गरेर पहिलो विकेट लिएका थिए । गुनासेकरा २४ बलमा ९ रनमै आउट भएका थिए ।