धनराज गुरुङको प्रश्न: के तपाईंका प्रेमी-प्रेमिकाको फेब्रुअरी १४ मा मृत्यु भएको हो ?
काठमाडौं : आज नेपाली युवायुवतीले इटलीयन भ्यालेन्टाइनको मृत्युको दिनलाई ‘प्रणय दिवस’ भन्दै आफ्ना प्रेमि-प्रेमिकालाई उपहार दिएकोप्रति असन्तुष्टि जनाएका छन्।
उनले हामी कहिले सुध्रिने भन्दै प्रश्न गर्दै भनेका छन्, ‘इटलीको भ्यालेन्टाइन भन्ने व्यक्तिको मृत्यु भएको दिनलाई नेपालमा ‘प्रणय दिवस’ भन्दै प्रेमी-प्रेमिकाले आपसमा उपहार दिने रे ! कसैको मृत्यु भएको दिन तपाईंका लागि कसरी प्रणय दिवस हुन्छ ?’ उनले फेब्रुअरी १४ मा प्रेमी अथवा प्रेमिकाको मृत्यु भएको थियो भन्दै प्रश्नसमेत गरेका छन्। ‘के तपाईंको प्रेमी अथवा प्रेमिकाको फेब्रुअरी १४ मा मृत्यु भएको हो ?’
हामी कहिले सुध्रिन्छौं?
— Dhan Raj Gurung (@dhanrgrg) February 14, 2018
इटलीको भ्यालेन्टाइन भन्ने व्यक्त्तिको मृत्यु भएको दिनलाई नेपालमा "प्रणय दिवश" भन्दै प्रेमी/प्रेमिकाले अापसमा उपहार दिने रे! कसैको मृत्यु भएको दिन तपाईंका लागि कसरी प्रणय दिवश हुन्छ? के तपाईंको प्रेमी अथवा प्रमिकाको फेवुअरी 14 मा मृत्यु भएको हो?
को हुन् भ्यालेन्टाइन ?
फेब्रुअरी १४, अर्थात् भ्यालेन्टाइन डे। प्रेम दिवस।
हरेक फ्रेबुअरी १४ मा मनाइन्छ, भ्यालेन्टाइन डे। यो दिन आफूलाई मन परेका मान्छेलाई कार्ड, फूल, चकलेट तथा अन्य सामग्री दिएर प्रेम दर्शाइन्छ। संसारभरि आफ्नो प्रेमी, प्रेमिकालाई विभिन्न उपहार दिएर प्रेम देखाइन्छ।
एउटा विश्वास छ, तेस्रो शताब्दीतिर रोममा सेन्ट भ्यालेन्टाइन नाम गरेका एक पादरी थिए। विवाह गरेका सिपाही खराब रूपमा प्रस्तुत हुन्छन् भन्ने सोचले राजा क्लाउडिस दोस्रोले सिपाहीहरूलाई विवाह गर्न प्रतिबन्ध लगाएका थिए। तर, सन्त भ्यालेन्टाइनले राजाले लगाएको नियम सही नभएको भन्दै गोप्य रूपमा मागी विवाह गरे। भ्यालेन्टाइनको यो हर्कत अन्ततः क्लाउडिसको कानसम्म पुग्यो।
राजाको निर्देशन विपरीत गएको भन्दै फ्रेबुअरी १४ का दिन सन्त भ्यालेन्टाइनलाई मारिने घोषणा भयो। त्यसै दिन उनले आफ्नी श्रीमतीलाई चिठी लेख्दै, चिठीको अन्तिममा ‘तिम्रो भ्यालेन्टाइन’ लेखेका थिए।
भ्यालेन्टाइनलाई रोमको प्राक्सेडिजमा गाडिएको थियो। सम्झनामा श्रीमती जुलियाले भ्यालेन्टाइको चिहान वरिपरि त्यतिबेला ‘अल्मोन्ड’का बिरुवा रोपेकी थिइन्। र, आज के विश्वास गरिन्छ भने त्यही अल्मोन्डको रुखलाई जीवन्त प्रेमको संकेतको रूपमा लिइन्छ।
हो, यही फ्रेबु्रअरी १४ अहिले विश्वभरि नै भ्यालेन्टाइन डे का नामले चर्चित छ। विशेषगरी बेलायत, क्यानडा, अमेरिका, मेक्सिको, फ्रान्स, अस्ट्रेलियाजस्ता देशमा यसलाई विशेष रूपमा लिइन्छ। यसलाई वर्षभरिको सबैभन्दा ‘रोमान्टिक’ दिनको रूपमा लिन्छन् उनीहरू।
कवि जिओफ्री जाउसरले १३७५ मा उल्लेख गर्नुभन्दा पहिले भ्यालेन्टाइन डे को कुनै रेकर्ड पाइँदैन।