केपी ओलीलाई प्रधानमन्त्री बनाउने एमालेको निर्णय

केपी ओलीलाई प्रधानमन्त्री बनाउने एमालेको निर्णय

काठमाडौं : एमाले स्थायी समितिको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ। बुधबार दिउँसो ललितपुरको मानभवनस्थित एक माओवादी नेताको घरमा बसेको स्थायी समितिको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो।

बैठकमा अध्यक्ष ओलीले माओवादी र एमालेबीचको एकताका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको छलफलको जानकारी गराएका थिए। सँगै ओलीले पार्टी एकताका विषयमा भएका छलफलमाथि सुझावसमेत मागेका छन्।

नेताहरुले दिएको सुझावमाथि एकता संयोजन समितिको बैठकमा छलफल हुँदै छ। दुई पार्टी एकता संयोजन समतिको बैठक केहीबेरमै मानभवनमा बस्ने तयारी भइरहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

संयोजन समितिको बैठकमा सहभागी हुन माओवादी नेताहरु प्रचण्ड निवास खुलमटारबाट मानभवनतर्फ आइरहेका छन्।

माओवादी नेताको घरमा एमाले स्थायी समिति बैठक


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.