प्रदेश सातको मुख्यमन्त्रीमा भट्टको उम्मेदवारी
धनगढीः प्रदेश नम्बर ७ को मुख्यमन्त्रीका लागि माओवादी नेता त्रिलोचन भट्टले दाबी पेश गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बहुमत ३५ जना सदस्यको हस्ताक्षरसहित भट्टले प्रदेश प्रमुख मोहनराज मल्लसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका हुन् ।
डोटी प्रदेश सभा ख बाट निर्वाचित भएका भट्टलाई लामो विवादकाबीच माओवादी केन्द्रले संसदीय दलको नेता बनाएको थियो । वाम गठबन्धनबाट माओवादी केन्द्रको भागमा प्रदेश ६ र ७ को मुख्यमन्त्री परेको छ ।