प्रदेश नम्बर-२ का सभामुखले लिए हिन्दीमा शपथ

प्रदेश नम्बर-२ का सभामुखले लिए हिन्दीमा शपथ

जनकपुरधाम : प्रदेश नम्बर-२ का सभामुखमा नियुक्त भएका राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्य सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

बुधबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले यादवलाई शपथ ग्रहण गराएका हुन्। प्रदेश प्रमुख कायस्थले नेपाली भाषामा शपथ ग्रहणगराउँदा यादवले हिन्दी भाषामा उल्था गरी शपथ ग्रहण गरेका हुन्।

यस पूर्व यादवलाई प्रदेश सभाको बैठकले सभामुखमा नियुक्त गरेको हो। यादवलाई सभामुख पदमा नियुक्त गर्न एकमात्र प्रस्ताव संसदमा दर्ता भएको थियो। उनी निर्विरोध सभामुख बनेका हुन्। संसदको पहिलो बैठककको अध्यक्षता ज्येष्ठ सदस्य लगनलाल चौधरीले गरेका थिए।

यादवलाई सभामुखमा नियुक्त गरियोस् भन्ने प्रस्ताव राजपाका प्रदेशसभा सदस्य जितेन्द्र सोनलले संसदमा पेश गरेका थिए भने त्यस प्रस्तावलाई संघीय समाजवादी फोरमका संसदीय दलका नेता लालबाबु राउतले समर्थन गरेका थिए।

फागुन ४ गते उपसभामुखको निर्वाचन गरिने र त्यसका लागि संसद सचिवालयलाई कार्यसूचि प्रकाशन गर्न निर्देशन दिदैं बैठक स्थगित गरिएको थियो। सभामुखमा निर्वाचित भएको यादव यादव बारा जिल्लाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.