क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याउँदै नेपाल : ३९ ओभरमा ६ विकेट गुम्यो
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा क्यानडाले नेपाललाई दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ब्याटिङ गरिराखेको छ ।
नामिबियामा जारी जित्नैपर्ने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि पाएको लक्ष्य पछ्याउने क्रममा नेपालले ३९ औँ ओभरको समाप्तीमा नेपालले ६ विकेट गुमाएको छ ।
६ ओभरमै भरपर्दा ओपनर ब्याट्सम्यान कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल आउट भएकाथिए । ज्ञानेन्द्र ९ रन बनाएर आउट भए भने कप्तान पारस खड्का शून्य रनमै डकआउट भए। १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४० ओभरको समाप्तिमा छ विकेटको क्षतिमा १३९ रन बनाएको छ।
नेपालका सुरुवाती ब्याट्सम्यान पारस, ज्ञानेन्द्रसँगै शरद भेषावकर, दीपेन्द्रसिंह एरी, दीलिप नाथ र रोहित खतिवडा आउट भएका हुन् ।