४२ ओभरमा ९ विकेट गुम्यो : ब्याटिङमा सन्दीप लामिछाने र करण केसी
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा क्यानडाले नेपाललाई दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ब्याटिङ गरिराखेको छ ।
नामिबियामा जारी जित्नैपर्ने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि पाएको लक्ष्य पछ्याउने क्रममा नेपालले ४२ औँ ओभरको समाप्तीमा नेपालले ९ विकेट गुमाएको छ । अहिले सन्दीप लामिछाने र करण केसीले ब्याटिङ सम्हालेका छन् ।
१९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४२ ओभरको समाप्तिमा छ विकेटको क्षतिमा १४४ रन बनाएको छ।