देशवासीलाई सम्बोधन गरी प्रधानमन्त्रीले राजीनामा दिने

देशवासीलाई सम्बोधन गरी प्रधानमन्त्रीले राजीनामा दिने

काठमाडौं : हिजो रोकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा आज आउने भएको छ। प्रधानमन्त्री देउवाले बिहीबार देशवासीलाई सम्बोधन गरी राजीनामा दिन लागेका हुन्। सम्बोधनपछि उनी राजीनामा पत्र बुझाउन राष्ट्रपति कार्यालय जानेछन्।  

प्रधानमन्त्री देउवाले बुधबार दिने भनिएको राजीनामा अन्तिम समयमा आएर रोकिएको थियो। राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सरकारले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन नगरेको कारण देखाउँदै देउवाले राजीनामा रोकेका हुन्।

सरकारको सिफारिस राष्ट्रपतिले कार्यान्वयन नगर्दासम्म राजीनामा दिन नहुने तर्क देउवा निकटले गरेपछि उनले राजीनामाको मनस्थिति परित्याग गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

देशवासीलाई सम्बोधन गरी बुधबार राजीनामा दिने तयारी गरेका देउवाले साँझ मन्त्रिपरिषद्का सदस्यसँग आफ्नो राजीनामाको विषयमा अनौपचारिक छलफल पनि गरेका थिए। छलफलमा राष्ट्रपतिसँग सरकारको सिफारिसका विषयमा कुरा गरेर मात्रै राजीनामा दिन सुझाव आएपछि देउवा राजीनामाबाट पछि हटेका हुन्।

प्रधानमन्त्री सचिवालयदेखि केही कांग्रेसी नेताले बुधबार देउवाको बिदाइ सम्बोधन तयार पारेका थिए। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले सम्बोधन र राजीनामा सबै तयार पारेर बसे पनि सरकारको सिफारिस राष्ट्रपतिबाट कार्यान्वयनमा ढिलाइ हुँदा रोकिएको जानकारी दिए।

‘सरकारले सिफारिस गरेका तीन सदस्यको नियुक्ति किन भएन भन्ने बुझौँ भन्ने मन्त्रीहरूको पनि सुझाव आयो’, प्रवक्ता शर्माले भने, ‘राष्ट्रपतिले सरकारको सिफारिसअनुरूप मनोनयन नगर्दासम्म सम्पूर्ण निर्वाचन परिणाम सार्वजनिक नहुने कुरा आएकाले राजीनामा दिनु भएन।’ निर्वाचन आयोगले राष्ट्रपतिलाई बुधबार भेटेर प्रतिनिधिसभाको नतिजा हस्तान्तरण गरेको छ।

कांग्रेस स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आयोगले राष्ट्रपतिलाई नतिजा हस्तान्तरण गरेलगत्तै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई शीतलनिवास पठाएर राष्ट्रपतिसँग तीन सदस्यको सिफारिसबारे कुरा गर्न अह्राएका थिए। अर्थमन्त्री कार्कीले राष्ट्रपतिलाई भेटेर राष्ट्रियसभामा ३ जनाको मनोनयन तत्काल गर्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कांग्रेस प्रवक्ता शर्माका अनुसार बिहीबार देउवाले देशवासीका नाममा सम्बोधन गरी राजीनामा दिनेछन्।

बालुवाटारमा दिउँसो ३ बजेदेखि कांग्रेसका मन्त्रीसँग देउवाले राजीनामाका विषयमा छलफल गरेका थिए। निर्वाचन आयोगले राति ८ बजे राष्ट्रपतिकहाँ नतिजा हस्तान्तरण गर्ने समय लिएपछि ९ बजेसम्म सम्बोधनसहित राजीनामा दिने सल्लाह भएको छलफलमा सहभागी एक मन्त्रीले जानकारी दिए।

‘केही साथीले ३ जनाको मनोनयनबारे जिज्ञासा राखेपछि राष्ट्रपतिसँग सल्लाह गर्ने कुरा भयो’, उनले भने।

जेठ २३ मा माओवादीसँगको सहकार्यमा प्रधानमन्त्री भएका कांग्रेस सभापति देउवा आठ महिनापछि सरकारबाट बाहिरिन लागेका हुन्। देउवाको कार्यकालमा दुई चरणको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा चुनाव सफलतापूर्वक सम्पन्न भएको थियो।

४९ वर्षको उमेरमा पहिलोपटक २७ भदौ २०५२ मा प्रधानमन्त्री निर्वाचित देउवा पछिल्लोपटक २३ जेठ ०७४ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आलोपालो सम्झौताबाट प्रधानमन्त्री चुनिएका थिए।

दोस्रोपटक ११ साउन ०५८ मा प्रधानमन्त्री बनेका देउवा २१ जेठ ०६१ मा तेस्रो पटक प्रधानमन्त्री भएका थिए।

प्रधानमन्त्रीका रुपमा यो उनको चौँथो कार्यकाल हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.