शंकर पोखरेल मुख्यमन्त्री नियुक्त

शंकर पोखरेल मुख्यमन्त्री नियुक्त

 बुटवल : ३२ वर्षको उमेरमै सांसद बनेका एमाले नेता शंकर पोखरेल प्रदेश ५ को मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेशप्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई बुधबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम पोखरेललाई दुई दलको समर्थनमा प्रदेशप्रमुख झाले मुख्यमन्त्रीमा नियुक्त गरे। मुख्यमन्त्रीमा नियुक्तीका लागि एमाले र माओवादी केन्द्रले आइतबार नै दाबीपत्र पेस गरेका थिए। ‘संविधानअनुसार प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुभएको छ’, प्रदेशप्रमुखको कार्यालयका सचिव सनत दुवाडीले भने।

माओवादी केन्द्रको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन्। प्रदेशप्रमुखको कार्यालयले पोखरेललाई बिहीबार दिउँसो शपथग्रहण गराउने छ। शपथपछि मन्त्रिपरिषद्को बैठक बस्नेछ। मुख्यमन्त्रीसँगै दुई मन्त्रीले शपथ लिनेछन्। एमालेका बैजनाथ चौधरी र माओवादी केन्द्रका कुलप्रसाद केसीले शपथ लिदैँछन्।

केसीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय (गृह) सम्हाल्ने बताइएको छ। चौधरीको मन्त्रालय टुंगो लागिसकेको छैन। सम्भवतः उनले उद्योग, पर्यटन तथा वन मन्त्रालय सम्हाल्नेछन्। केही समय ३ जनाको सानो मन्त्रिमण्डलले नै सरकार चलाउने बताइएको छ। पूर्वाधार व्यवस्थापनपछि मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री पोखरेलको योजना छ।

मुख्यमन्त्री पोखरेलसँगै दुई मन्त्री एमालेका बैजनाथ चौधरी र माओवादी केन्द्रका कुलप्रसाद केसीले बिहीबार शपथ लिनेछन्।

बाँकी मन्त्री चयन गर्न वाम गठबन्धनका दुवै दललाई सकस परेको छ। ७ मन्त्रालय रहने प्रदेशमा दर्जनभन्दा बढी आकांक्षी देखिँदा चयन गर्न सकस भएको हो। माओवादीले थप २ मन्त्री लुम्बिनी र भेरी अञ्चलबाट पठाउने तयारी गरेको छ। आकांक्षी धेरै भएपछि मन्त्रीहरू आलोपालोमा जाने छलफल भएको माओवादी संसदीय दलका उपनेता कृष्णध्वज खड्काले बताए। माओवादीले कुल सांसदको १५ प्रतिशत मन्त्री बनाउन मुख्यमन्त्रीसँग आग्रह गरेको छ।

एमालेमा पनि गुट–उपगुटबीच मन्त्रालय भागबन्डा गरिँदैछ। मुख्यमन्त्री पोखरेल, एमाले उपमहासचिव विष्णु पौडेललगायत नेताले मन्त्री हुनेको नाम टुंग्याउने बताइएको छ। मन्त्रीका लागि लीला गिरी, विष्णु पन्थी, कमलराज श्रेष्ठ, आरती पौडेललगायत सांसदले तीव्र लबिङ गरिरहेका छन्। नेता व्यवस्थापन गर्न दुई जना राज्यमन्त्री बनाउने तयारी छ। मुख्यमन्त्रीसहित ७ मन्त्रालयमध्ये एमालेले ४ र माओवादीले ३ मन्त्रालय पाउनेछन्।

गाडी व्यवस्थापन

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार साँझसम्म नै सरसफाइ चलिरहेको थियो। कार्पेट ओछ्याउनेदेखि लिफ्ट मर्मत भइरहेको छ। मुख्यमन्त्री र २ मन्त्रीका लागि गाडी तयार गरिएको छ। एउटा गाडी काठमाडौंबाट ल्याइएको छ भने बाँकी जिल्लाबाट ल्याइएको हो। मन्त्री चढ्ने गाडीको नम्बर प्लेट फेरेर सफा गरी चिटिक्क पारिएको छ। सभामुखका लागि दाङबाट गाडी ल्याइएको छ। सबै गाडी प्रयोग भइरहेका हुन्। मुख्यमन्त्रीलाई प्राडोको व्यवस्था गरिएको छ। दरबार लाइनस्थित ६ तले भवनमा ५ मन्त्रालय सञ्चालनमा आएका छन्।

 पोखरेलको पृष्ठभूमि

दाङ २ ‘क’बाट प्रदेशसभामा निर्वाचित पोखरेल एमाले स्थायी समिति सदस्य हुन्। उनले सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्। अर्थशास्त्रमा स्नातकोत्तर गरेका पोखरेल पार्टीभित्र बौद्धिक नेता मानिन्छन्।

०१९ सालमा तुलसीपुर उपमहानगर वडा–१९ हाडिमेमा जन्मिएका पोखरेल ०५१ सालमा दाङ २ बाट निर्वाचित हँुदै पहिलो पटक सांसद बनेका थिए। ०७० सालमा संविधानसभाको पहिलो निर्वाचनमा दाङ ४ बाट कांग्रेसका नेता बुद्धिराम भण्डारीसँग भने उनले हार बेहोरे। कुनै समय जननेता स्वर्गीय मदन भण्डारीसँग निकट रहेर काम गरेका पोखरेलले अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापतिको जिम्मेवारी सम्हालिसकेका छन्। विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका पोखरेलको वैचारिक तथा राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलता उदाहरणीय मानिन्छ।

उनी अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष समेत हुन्। माओवादी आन्दोलनताका हिंसा अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लामा उनले शान्ति पदयात्राको नेतृत्व गरेका थिए। उनले संविधानसभामार्फत राज्यको पुनःसंरचना आवश्यक भन्दै पार्टीमा राज्य पुनःसंरचनासम्बन्धी लिखित दस्तावेजसमेत प्रस्तुत गरेका थिए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.