राष्ट्रपतिलाई भेटेर ओलीले गरे सरकारमा दावी

राष्ट्रपतिलाई भेटेर ओलीले गरे सरकारमा दावी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको तयारी गरेका छन्। ओलीले बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी सरकार गठनका लागि वाम गठबन्धनसँग बहुमत रहेको जानकारीसहितको पत्र बुझाएका छन्।

एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बुधबारको बैठकले नयाँ प्रधानमन्त्री चयनका लागि तत्काल राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सरकारमा दावी गर्दै अध्यक्ष ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बिहीबार बिहान शितल निवास पुगेका थिए।

राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले निकालेको विज्ञप्तिमा 'ओलीलाई नेपालको संविधानको धारा ७६ को उपाधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नको लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थन सहितको पत्र राष्ट्रपतिलाई प्राप्त भएको' उल्लेख छ।

राष्ट्रपतिलाई भेट्न ओली र प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ, माधव नेपाल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल र अग्नि खरेल शितल निवास पुगेका थिए।

निर्वाचन आयोगले गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुधबार नै राष्ट्रपतिसमक्ष बुझाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आज नै राजीनामा दिने तयारी गरेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले देशवासीका नाममा सम्बोधन गरी प्रधानमन्त्रीले आज नै राजीनामा दिनेछन्। उनले सबा १० मा सम्बोधन गर्ने भने पनि मन्त्रिपरिषद् बैठक बसिरहेकाले सम्बोधनको समय लम्बिएको छ।

सम्बन्धित समाचारहरूः 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.