पाथीभरा म्याराथनको उपाधि कुलुङलाई

पाथीभरा म्याराथनको उपाधि कुलुङलाई

ताप्लेजुङ : हिमालयन गाइड्स पाथीभरा म्याराथन २०७४ को उपाधि सेलुखुम्बुका सुमन कुलुङले जितेका छन्।फुङलिङ बजारदेखि पाथीभरा मन्दिरसम्मको ४७ किलोमिटर दूरी उनले ४ घण्टा १९ मिनेट ५० सेकेण्डमा पार गरे।

नेपाली सेनाका वेदबहादुर सुनुवार र तीर्थबहादुर तामाङ क्रमशः द्धितिय र तृतिय भए। सुनुवारले ४ घण्टा २१ मिनेट ५८ सेकेण्ड र तामाङले ४ घण्टा २७ मिनेट ४४ सेकेण्डमा निर्धारित दूरी पार गरे। सुनुवार अघिल्लो पटकका विजेता पनि हुन्।

१ हजार ८ सय ४० मिटर उचाईको सदरमुकाम फुङलिङ देखि ३ हजार ७ सय ९४ मिटर उचाईको पाथीभरा मन्दिरसम्म म्याराथनको रुट रहेको थियो।यसैबीच महिला हाफ म्यारथनमा भने नेपाल आर्मीकी चन्द्रा रावत प्रथम भइन्। रावतले फुङलिङ बजार देखि पाचीभरा क्षेत्रको भालुगौंगेसम्मको २३ किलोमिटर दूरी ३ घण्टा ३५ मिनेट ५८ सेकेण्डमा पार गरिन्।

सोलुखुम्बुकी पुर्णीमाया राई ३ घण्टा ४६ मिनेट ४० सेकेण्डमा दौड पूरा गर्दै द्वितिय भइन्। आर्मीकै रेजिना भण्डारी र राममाया बुढा क्रमशः तृतिय र सान्त्वना भए। भण्डारीले ३ घण्टा ५० मिनेट ४२ सेकेण्ड र बुढाले ३ घण्टा ५० मिनेट ४३ सेकेण्डमा निर्धारित दूरी पार गरे। यो वर्ष खुलातर्फको उपाधि बिजेतालाइ १ लाख ५१ हजार द्वितियलाई १ लाख ११ हजार, तृतियलाई ५१ हजार पुरस्कार दिइने छ।

महिला हाफतर्फ उपाधि बिजेताले ८१ हजार उप–विजताले ५१ हजार र तृतीयले ३१ हजार पुरस्कार प्राप्त गर्नेछन।सबैलाइ थप १ सय ११ रुपैंया रहेको छ। १० औं स्थानसम्म हुनेलाइ पाँच हजार नगद सहित सम्मान गरिने छ।म्याराथनतर्फ पुरस्कारसहित सम्पूर्ण खर्चको प्रायोजन हिमालयन गाइड्सका प्रबन्धक इश्वरी पौडेलले गरेका छन्।

sitaram

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.