प्रदेश २ को विकासका लागि पाँच ‘स’लाई प्राथमिकता दिने मुख्यमन्त्रीको घोषणा

प्रदेश २ को विकासका लागि पाँच ‘स’लाई प्राथमिकता दिने मुख्यमन्त्रीको घोषणा

जनकपुर : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ को विकासका लागि पाँच ‘स’ लाई प्राथमिकतामा राख्ने घोषणा गरेका छन्। मुख्यमन्त्रीको शपथ लिएपछि पहिलो सम्बोधन गर्दै राउतले भने, ‘प्रदेश २ को विकासमा पाँच ‘स’लाई प्राथमिता दिएर अघि बढ्छु।’ मुख्यमन्त्री राउतले पाँच ‘स’ मा सुशासन, शिक्षा, स्वास्थ्य, सडक, सिचाईंमा समेटिने प्रष्ट पारे।

सँगै मुख्यमन्त्री राउतले संघीयतालाई सफल पार्ने विषयमा दृढताका साथ काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। तराईं क्षेत्रमा देखिएको राजनीतिक, आर्थिक, सामाजिक समस्या समाधानका लागि विशेष कार्यक्रम ल्याउने र कुनै पनि विभेद मुक्त प्रदेश बनाउने घोषणा मुख्यमन्त्री राउतले गरेका छन्।

प्रदेश २ लाई पर्यटकीय क्षेत्र बनाउनका लागि जनकपुरको जानकी मन्दिर, सिरहा र सप्तारीका धार्मिक स्थललाई विकास गर्ने गर्ने उद्घोषसमेत राउतले गरेका छन्। सँगै किसानले प्रत्यके वर्ष भोग्दै आएको मतसँग सम्बन्धीत समस्या समाधान गर्ने र बेरोजागार युवालाई रोजगारीका लागि प्रदेशभित्रै उद्योग कलकारखाना स्थापना गरेर विकासका पूर्वाधार निर्माण गर्ने उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.