प्रदेश २ का मुख्यमन्त्रीले भोजपुरीमा शपथ लिए, अन्य मन्त्रीको हिन्दी र मैथिली
जनकपुर : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन्। जनकपुरमा आयोजित शपथ समारोहमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले नेपालीमा शपथको भाषा बढे पनि मुख्यमन्त्री राउतले भोजपुरी भाषामा शपथ लिएका छन् ।
त्यसैगरी अन्य मन्त्रीहरु जितेन्द्र सोनल र विजय यादवले समेत फरकफरक भाषामा शपथ लिएका छन् । सोनलले हिन्दीमा शपथ लिए भने यादवले मैथिलीमा शपथ लिए । बिहीबार प्रदेश २ मा मुख्यमन्त्रीसहित तीनजनाको मन्त्रिमण्डल बनेको छ ।