प्रचण्डले भने: आलोपालो प्रधानमन्त्री बन्न ओलीसँग लिखित सहमति

प्रचण्डले भने: आलोपालो प्रधानमन्त्री बन्न ओलीसँग लिखित सहमति

सिन्धुली : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले माओवादी एकीकरणपछि पार्टीको नेतृत्व र अब बन्ने सरकारको नेतृत्व आलोपालो हुने बताएका छन् ।

बिहीबार सिन्धुलीको मरिण गाउँपालिका–७ मा कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय मरिण प्राकृतिक श्रोत व्यवस्थापन कलेजको भवन शीलान्यास तथा कक्षा उद्घाटन सभालाई सम्बोधन गर्दै प्रचण्डले एमालेसँग पार्टी एकीकरण र सरकार गठन गर्दा नेतृत्वमा पालैपालो गर्ने सहमति भएको बताए ।

प्रचण्डले भने, ‘मेरो आफ्नै प्रस्तावमा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुँदै हुनुहन्छ । केही दिनभित्रै दुवै पार्टीको एकीकरण पनि हुनेछ । त्यसपछि सरकार र पार्टीको नेतृत्व हामी दुवैले पालैपालो गर्ने छौं ।’

पार्टी एकीकरण र सरकार गठन सँगै गर्नुपर्ने धारणा राख्दै आएका प्रचण्डले एमाले अध्यक्ष ओली पार्टी एकीकरण अगावै प्रधानमन्त्रीमा नियुक्त हुँदा एकीकरण पछिको पार्टीको नेतृत्व कसले गर्ने भन्नेबारेमा प्रस्ट पारेनन् । तर, पार्टी एकीकरण भने एक-दुई दिन भित्रै हुने बताए ।

पूर्व सहमति अनुसार बिहीबारै सरकार र पार्टीको नेतृत्व दुवै अध्यक्ष बीच आलोपालो गर्ने लिखित सहमति भएको भन्दै प्रचण्डले ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट भने बिहीबार कुनैपनि मन्त्री सहभागी नहुने उल्लेख गरे ।

‘आज मेरै प्रस्तावमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्नुहुन्छ । हाम्रो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्री र नेतृत्वका बारेमा टुङ्गो लागेको छैन । आजै सरकारमा जाने निर्णय गरेका छैनौं,’ उनले भने ।

अध्यक्ष प्रचण्डले कृषि क्षेत्रको विकास विना आर्थीक क्रान्ती सम्भव नभएको बताउँदै वाम गठबन्धनको सरकारले देशका सातै प्रदेशमा कृषि अनुसन्धान विश्वविद्यालय स्थापना गरी सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाए ।

कृषि क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरु दक्ष भए नेपालमै आवश्यकता अनुसारको कृषि उत्पादनलाई व्यवसायिकरण गर्दै आत्मनिर्भर बन्न सहयोग पुग्ने उनको भनाइ छ । यसका लागि आजै ओलीसंग कृषि क्षेत्रको विकासका लागि मुख्य योजना बनाएर अघि बढ्न आग्रह गर्ने उनले उल्लेख गरे ।

कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति इश्वरीप्रसाद ढकालले नेपालमा वार्षीक ३६ अर्वको खाद्यान्न, १५ अर्वको तरकारी र १० अर्वको फलफुल आयात गर्नु पर्ने बाध्यता रहेको भन्दै कृषि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न सके वार्षीक ६० अर्व रुपैयाँबढी स्वदेशमै लगाउन सकिने धारणा राखे ।

शिक्षाविद् डाक्टर सुरेशराज शर्माले व्यवसायिक र प्राविधिक शिक्षाले मात्रै नेपालमा कृषि क्षेत्रको माध्यमबाट आर्थीक क्रान्ति ल्याउन सकिने बताउँदै सरकारले विश्वविद्यालय खोल्ने मात्र नभएर त्यसमा दक्ष जनशक्ति, आर्थिक व्यवस्थापन र भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए ।

नेपालकै दोस्रो कृषि तथा वन विज्ञान विश्वविद्यालय सिन्धुलीमा पहिलो पटक ५० विद्यार्थीले अध्ययन सुरु गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.