राजन मेमोरियल सुपर लिगमा पुग्न सफल

राजन मेमोरियल सुपर लिगमा पुग्न सफल

भक्तपुर : राजन मेमोरियल इन्टरनेसनल स्कुल भक्तपुरमा जारी एघारौं प्रधानसेनापति कप टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको सुपर लिगमा पुग्न सफल भएको छ।

भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालयद्वारा आयोजित प्रतियोगिताअन्तर्गत बिहीबार भएको लिगको अन्तिम खेलमा मल्पी इन्टरनेसनललाई ९५ रनले हराउँदै राजन सुपर लिगमा पुग्न सफल भएको हो।

टस जितेर व्याटिंगमा ओर्लेको राजनले आफ्नो पहिलो पालीमा २० ओभरमा पाँच विकेट गुमाएर एकसय ६१ रन जोडेको थियो। उसको लागि अनुप नेपालले तीन चौका प्रहार गरी ५१ रन बनाए। त्यस्तै अमितकुमार महतोले सात चौका हानेर ४८ रन जोडे। सन्देश दाहालले अविजित चार चौका प्रहार गर्दै २६ रनको योगदान गरे।

फिल्डिंगतर्फ मल्पीका अर्यानराज श्रेष्ठले दुई, प्रकृत पौडेल र ओस्कार श्रेष्ठले एकएक विकेट लिए। जवाफी व्याटिंगमा ओर्लेको मल्पी १५ ओभरमा अलआउट हुँदै ६६ रनमा समेटिएको थियो। उसको लागि अपूर्व कोइरालाले १७ र अर्यानराज श्रेष्ठले १५ रनको बनाए।

बलिंगतर्फ राजनका सुसन कार्की एक्लैले चार विकेट झारे। उक्त खेलमा म्यान अफ द म्यान बन्न सफल राजनका अनुप नेपालले तीन विकेट लिए।
त्यस्तै बिहीबार नै भएको अर्को खेलमा जेम्सले लाइसियमलाई एकसय ५५ रनको फराकिलो जित हात पार्‍यो।

टस जितेर व्याटिंग रोजेको जेम्सले २० ओभरमा मात्र दुई विकेटको क्षतिमा दुई सय पाँच रनको योगफल तयार गरेको थियो।उसको लागि आइस भट्टराईले नटआउट एकसय २ रन जोडेका थिए। ६० बलको सामना गरेका उनले १४ चौका र एक छक्का प्रहार उक्त स्पर्धाको म्याद अफ दि म्याच घोषित हुन सफल भए।

त्यस्तै रुवेश राणाले पनि नटआउट ७१ रनको बनाए। ५४ बलको साममना गरेका उनले सात चौका प्रहार गरे।बलिंगतर्फ लाइसियमका सोहम अर्यालले मात्रै एक मेडन लिए।

जवाफी व्याटिंगमा आएको लाइसियम १९.३ ओभरमा अलआउट हुँदै ५० रनमै समेटिएपछि जेम्स विजयी भएको हो। लाइसियमका कुनै पनि व्याट्सम्यानले दुई संख्याको रन जोड्न सकेनन्।

बलिंगतर्फ जेम्सका स्वरुप श्रेष्ठले मात्र दुई रनको क्षतिमा चार विकेट लिए। त्यस्तै आश्रय कँडेलले दुई विकेट झारे। प्रतियोगितामा काठमाडौं उपत्यका र काभ्रेका गरी १८ विद्यालयको सहभागिता रहेको छ। सहभागी विद्यालयलाई पहिलो चरणको लिगको लागि ६ वटा समूहमा बाँडिएको छ।

आयोजक सैनिक स्कुलका अनुसार पहिलो चरणको लिगका समूह विजेता सुपर लिगमा पुग्नेछन्। जसअनुसार पहिलो, दोस्रो र तेस्रो समूहका विजेता एउटा र चौथो, पाँचौं र छैटौं समूहको विजेता अर्को समूहमा बाँडिनेछन्।

सुपर लिगका समूह विजेता सीधै फाइनलमा पुग्ने स्कुलका स्पोर्टस् इन्चार्ज रञ्जित राणाले जानकारी दिए। उनका अनुसार प्रतियोगिताका विजेताले उपाधिसँगै नगद २५ हजार हात पार्नेछ। उपविजेताले भने १५ हजार रुपैयाँमै चित्त बुझाउनुपर्नेछ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.