लालबाबु पण्डित र थममाया थापा बने मन्त्री
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रीमण्डलमा दुईजनालाई मन्त्री बनाएका छन् । ओलीले सामान्य प्रशासन मन्त्रालय सम्हालेर चर्चा कमाएका लालबाबु पण्डितलाई जनसंख्या तथा वातावरण मन्त्री बनाएका हुन् ।
त्यसैगरी एमाले नेतृ थममाया थापालाई ओलीले महिला बालबालिका मन्त्रीमा नियुक्त गरेका छन् । दुवै मन्त्रीलाई बिहीबार शीत्तल निवासमै राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी छन् ।