दुई दिनको हतारोमा केपी ओली प्रधानमन्त्री

दुई दिनको हतारोमा केपी ओली प्रधानमन्त्री

Image may contain: 8 people, including Indra Bhandari, people sitting and indoorकाठमाडौं : बुधबार र बिहीबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट पहिलो दल बनेको नेकपा एमाले धेरै हतारोमा देखियो। बुधबारसम्म माओवादी केन्द्रसँग पार्टी एकताका लागि भएका शृङ्खलाबद्ध छलफल गरेको एमालेलाई बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने हतारो अझ बढ्यो।

बुधबार माओवादी एक नेताको घरमा बसेको स्थायी समिति बैठकबाट ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको एमालेले बुधबार बिहानै माओवादीको समर्थनमा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति समक्ष वाम बहुमतसहितको पत्र पेश गर्यो।

राष्ट्रपति निवासबाट ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको पत्र सार्वजनिक भएलगत्तै एमाले संसदीय दलको बैठक बसेर ओलीलाई संसदीय दलको नेता चयन गर्यो। सामान्यतया पार्टी संसदीय दलको बैठकले संसदीय दलको नेता चयन गरेपछि मात्र प्रधानमन्त्री चयनको बाटो खुल्ने प्रक्रियालाई यहाँ एमालेको हतारोले मिचिदियो।

प्रधानमन्त्री नियुक्तिको पत्रमै गल्तीNo automatic alt text available.
शेरबहादुर देउवाले पदबाट राजीनामा दिएको पत्र राष्ट्रपति निवासमा नपुग्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको पत्र सार्वजनिक भयो। ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयको पत्रमा २०७३ साल फागुन ३ गते लेखियो !

त्यो पत्रमा लेखिएको मितिसम्म नपढी राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले हस्ताक्षर गरिदिए ! पत्रमा २०७३ साल लेख्नु राष्ट्रपति कार्यालयको हतारोको परिणाम हो। सामान्यतया देशको प्रधानमन्त्री नियुक्त भएको पत्रमा एक वर्ष नै मिति गलत लेख्नु कहाँसम्मको भुल हो ? यसको जवाफ राष्ट्रपति कार्यालयले दिनुपर्छ कि पर्दैन ?तस्बिरमा नेपालका प्रधानमन्त्री केपी अाेलीकाे शपथ समारोह (फोटोफिचर)

शपथ समारोहका सञ्चालकको हतारो
बिहीबार साँझ शीतल निवासमा निर्वाचन दुई महिनापछि केपी ओली नयाँ प्रधानमन्त्रीको रुपमा शपथ खान शितल निवास पुगेका थिए। शितल निवासले हतारै हतारमा शपथ ग्रहण समारोहको व्यवस्थापन गरेको थियो। मन्त्रीले शपथ लिँदै गर्दा उनीहरुका लागि माइकको व्यवस्थापन थिएन्। राष्ट्रपति कार्यालयका कर्मचारी र सुरक्षाकर्मी दुई माइक यता र उता सार्न व्यस्त थिए।

सर्वप्रथम राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ लगाइन्। त्यसलगत्तै दुई मन्त्रीहरु लालबाबु पण्डित र थममाया थापा पद तथा गोपनीयताको शपथ लिए।

त्यसलगत्तै सञ्चालकले कुटनीतिक नियोगका पदाधिकारी र अन्य उच्च ओहोदाका व्यक्तिलाई नव नियुक्त प्रधानमन्त्रीलाई बधाई दिन अनुरोध नगरी चियापानका लागि अनुरोध गरे। सञ्चालकले यस्तो अनुरोध गरेपनि प्रधानमन्त्री ओली भने मञ्चमै बसिरहे। ओली मञ्चमै रहेपछि बधाई दिन अनुरोध गर्नुहोस् भन्ने आवाज सुनियो।

त्यसपछि सञ्चालकले भने, ‘नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिन कुटनीतिक नियोगका प्रतिनिधिलाई हार्दिक अनुरोध गर्दछु।’ अनि सबैले ओलीलाई बधाई दिए। एमालेमा देखिएको हतारो शीतल निवासमा आयोजित शपथ समारोहमा समेत दोहोरियो। विशेष समारोहका औपचारिक गतिविधिलाई मर्यादित नबनाएर राष्ट्रपति कार्यालयले आफ्नो कमजोरी पनि छरपस्ट देखायो।

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले लिए पद तथा गोपनीयताको शपथ

१९ महिनापछि फेरि ओली प्रधानमन्त्री

सत्तारोहणका लागि ओलीको दुई महिने व्यग्रता

केपी अाेलीकाे शपथ समारोह (फोटोफिचर)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.