केपी ओली सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा बिहीबार साँझ मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।
प्रधानमन्त्रीसहित तीन सदस्यीय मन्त्रिपरिषद्को बैठक साँझ ८ : २० मा सुरु भएको हो । बैठकले केही महत्वपूर्ण निर्णय गर्ने मन्त्रिपरिषद् निकट स्रोतले जानकारी दिएको छ ।