चीनबाट आयो प्रधानमन्त्री ओलीलाई बधाई

चीनबाट आयो प्रधानमन्त्री ओलीलाई बधाई

काठमाडौँ: चिनियाँ राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङले श्री केपी शर्मा ओलीले नेपालको प्रधानमन्त्रीको कार्यभार सम्हाल्नेकोमा बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीलाई चिनियाँ प्रधानमन्त्री लीले आज बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीको कार्यकालमा चीन-नेपाल सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै पारस्परिक लाभका द्विपक्षीय सहयोगका क्षेत्रमा मिलेर काम गर्ने बताएका छन् ।

सन्देशमा चिनियाँ प्रधानमन्त्रीले ‘वान बेल्ट वान रोड'अन्तर्गत विविध क्षेत्रमा पारस्परिक लाभका क्षेत्रमा सहयोग गरिने पनि बताएका छन् ।

बंगलादेशबाट पनि बधाई र भ्रमणको निम्तो

काठमाडौँ: ओली नेपालको प्रधानमन्त्री भएकामा बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएकी छन् ।

प्रधानमन्त्री ओलीलाई बंगलादेशका प्रधानमन्त्रीले आज बधाई सन्देश पठाउँदै नेपाल र नेपाली जनताको कल्याणका निम्ति नेता ओलीले निर्वाह गर्नुभएको भूमिकाको नेपाली नागरिकले उच्च मूल्यांकन गरेको बताएकी छन् ।

बंगलादेशको स्वतन्त्रता आन्दोलनमा नेपालको राजनीतिक नेतृत्वबाट प्राप्त सहयोग र समर्थनको स्मरण गर्दै प्रधानमन्त्री हसिनाले दक्षिण एशियाको शान्ति र समृद्धिका लागि प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताइन् ।

उनले प्रधानमन्त्री ओलीलाई यथाशक्य चाँडो उपयुक्त समयमा बंगलादेश भ्रमण गर्न पनि आमन्त्रण गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.