केपी शर्मा ओली : झापा विद्रोहदेखि दोस्रोपटक प्रधानमन्त्रीसम्मको यात्रा

केपी शर्मा ओली : झापा विद्रोहदेखि दोस्रोपटक प्रधानमन्त्रीसम्मको यात्रा

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार मुलुकको ४१ औं प्रधानमन्त्रीका रुपमा शपथ लिएका छन्। प्रधानमन्त्री ओलीले आफ्नै नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल पनि गठन गरेका छन्।

एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न वाम गठबन्धनका तर्फबाट १ सय ७४ जना सांसदको समर्थन रहेको प्रस्ताव लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ, एमालेका माधवकुमार नेपाल, सुवास नेम्बाङ, विष्णु पौडेलसहितका नेता बिहीबार साढे ११ बजे राष्ट्रपति कार्यालय पुगेका थिए। दुवै अध्यक्षको हस्तक्षार रहेको समर्थनपत्र प्राप्त गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मध्याह्न ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्।

नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा दुई दलको समर्थनमा बहुमतप्राप्त गरेका ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेकी हुन्। २ सय ७५ सदस्यीय संसद्मा वाम गठबन्धनको १ सय ७४ सांसद छन्। सरकार गठनका लागि १ सय ३८ सिट आवश्यक पर्छ।

संविधानको धारा ७६ मा प्रतिनिधिसभामा बहुमतप्राप्त संसदीय दलको नेता, त्यो नभए दुई वा दुई दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ। ओली संसद्बाट नभई संविधानअनुरूप राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। यसअघि बिहीबार दिउँसो बसेको संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको थियो।

२४ असोज ०७२ मा संसद्‌बाट पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित ओली २ सय ८७ दिन सिंहदरबार बसेका थिए। कांग्रेस र माओवादी केन्द्रले संसद्‌मा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि ९ साउन ०७३ मा प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए।

मानभवनस्थित एक व्यापारीको घरमा बुधबार बसेको एमाले स्थायी समिति बैठकमा वरिष्ठ नेता माधव नेपालले ओलीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए।

– बिहीबार नै संसदीय दलको नेता चयन
– इमान्दार र अनुशासित भूमिका निर्वाह गर्न सांसदलाई निर्देशन

माओवादी केन्द्रबाट भने ओली नेतृत्वको सरकारमा कोही पनि सदस्य मन्त्रीका रूपमा भित्रिएका छैनन्। एकता प्रक्रियामै रहेको माओवादीले मन्त्री नपठाएपछि ओलीले एमालेकै दुई जनालाई मन्त्रीमा नियुक्त गरेका हुन्। मध्याह्न प्रधानमन्त्री नियुक्त भएका ओलीले साँझ ५ बजे शपथ लिएका थिए। ओलीको शपथलगत्तै एमालेकै लालबाबु पण्डित र थममाया थापाले मन्त्री पदको शपथ लिएका छन्। पण्डितलाई जनसंख्या तथा वातावरण एवं थापालाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

स्वच्छ छविका पण्डित यसअघि ओली नेतृत्वकै सरकारमा सामान्य प्रशासनमन्त्री हुँदा साहसिक निर्णय गरी चर्चामा थिए।

प्रधानमन्त्रीको शपथलगत्तै ओलीले लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदको तस्बिरमा माल्यार्पण गरे। त्यसपछि कीर्तिपुर पुगेर पुष्पलालको सालिकमा र बल्खुमा मदन भण्डारीको सालिकमा पनि माल्यार्पण गरेका थिए। ओलीले साँझ सिंहदरबार पुगेर पदबहली गरेका थिए।

संसद्लाई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन

एमाले अध्यक्ष एंव नवनियुक्त प्रधानमन्त्री ओलीले पार्टी सांसदहरूलाई प्रभावकारी र मर्यादित भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री नियुक्त भएपछि पार्टी कार्यालयमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सांसदहरूलाई आचरण र पहिचानको विषयमा ख्याल गर्न निर्देशन दिए।

आफ्ना सांसदलाई संसदीय आचरण सिक्न आग्रह गर्दै ओलीले भने, ‘पहिरनदेखि आफ्नो विषयमा अध्ययन गर्नुपर्छ। माननीयहरूले संसद्मा आउने हाजिर गर्ने जाने मात्र नभई विषयमा तयारी पनि गर्नुहोस्।’

ओलीले शपथ ग्रहणमा आउँदा पुरुष सांसदहरूले दौरा सुरुवाल र महिला सांसदलाई सकभर साडी चोलोमा आउन सुझाव दिए।

‘अनुशासनमा बस्न र इमानदारिताको साथ भूमिका निर्वाह गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ’, नेता विष्णु पौडेलले भने।

ओलीले सांसदलाई विदेश र जिल्ला भ्रमणमा जाँदासमेत संसदीय दललाई जानकारी दिन पनि आग्रह गरेका छन्।

यस्ताे छ अाेलीकाे राजनीतिक पृष्ठभूमि

– तेह्रथुमको इवा–२ मा २००८ साल फागुन ११ मा जन्म– रणामति–६, झापामा बसाइँ सरेपछि सक्रिय राजनीतिमा संलग्न
– हाल अनन्तलिंगेश्वर–२, बालकोट भक्तपुरमा स्याथी बसोबास

– २०७२ असोज २४ मा पहिलो पटक प्रधानमन्त्री

– २०७३ साउन २० मा राजीनामा

– पहिलो कार्यकालमा साढे चार महिना लामो भारतीय नाकाबन्दी

– चीन भ्रमण गरी यातायात–पारवहनमा द्विपक्षीय सम्झौता

– मनमहोन अधिकारी नेतृत्वको सरकारमा गृहमन्त्रालयको जिम्मेवारी

– गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री

– २०७१ असारमा एमालेको नवौं महाधिवेशनबाट पार्टी अध्यक्ष

– २०७० माघ २१ मा पार्टी संसदीय दल नेता

– दोस्रो निर्वाचनमा झापा ७ बाट निर्वाचित

– २०४८ र २०५१ मा झापा ६ बाट प्रतिनिधिसभामा निर्वाचित

– २०५६ मा झापा २ र ६ बाट निर्वाचित–

–२०७४ मा झापा ५ बाट प्रतिनिधिसभामा निर्वाचित

– २०२७ को झापा विद्रोहमा सहभागी

– ‘जनताको बहुदलीय जनवाद’ निर्माणमा महŒवपूर्ण भूमिका निर्वाह

– २०२५ मा विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीको नेतृत्व

– २०२६ मा संगठित सदस्यता लिँदै माक्र्सवादी अध्ययन दलमा संगठित

– २०२६ मा कम्युनिस्ट पार्टीकोे उपसचिवको जिम्मेवारी

– २०२७ वैशाखमा नेपाल कम्युनिस्ट पार्टी र पूर्वकोसी प्रान्तीय कमिटीको एकीकरणको नेतृत्व

– २०४४ पुस २ मा नेकपा (माले) को केन्द्रीय कमिटी सदस्य

– २०४६ मा नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुख

– २०४७ जेठ १ मा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष

– २०४९ देखि २०७१ असारसम्म एमाले स्थायी कमिटी सदस्य

– २०२९ सालमा नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटी प्रमुख

– पञ्चायतविरोधी र प्रजातान्त्रिक आन्दोलनमा पटक पटक कारागार

– २०२७ फागुन १६ मा झापाबाट गिरफ्तारी

– २०३० असोज २३ देखि लामो कारागार जीवन

– २०३० मंसिर ८ मा भद्रगोल जेल चलान

– २०३६ जेठमा केन्द्रीय कारागार नख्खुबाट मुक्त

– २०३७ मा गिरफ्तार भई २०४४ असार ११ मा भद्रगोल कारागारबाट रिहा – तत्कालीन राजा ज्ञानेन्द्रको २०६१ माघ १९ को कदमपछि नजरबन्दमा


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.