सिहदरवारमा दोस्रो इनिङ गर्दै अाेलीले भने : राष्ट्रनिर्माणमा जुट्नुस्

 सिहदरवारमा दोस्रो इनिङ गर्दै  अाेलीले भने : राष्ट्रनिर्माणमा जुट्नुस्

काठमाडौ : नव नियुक्त प्रधानमन्त्री केपी ओलीले सरकारले राजनीतिक रुपमा कसैलाई कुनै प्रकारको प्रतिशोधपुर्ण र पुर्वाग्रह पुर्ण व्यवहार नगर्ने प्रतिवद्धता जनाउदै निश्चिन्त भएर राष्ट्रिय निर्माणको महान कार्यमा अगाडि वढ्न आग्रह गरेका छन्। सिहदरवारमा प्रधानमन्त्रीको रुपमा दोस्रो इनिङ गरेका प्रधानमन्त्री ओलीले पदभार ग्रहण गर्दै सो कुरा वताएका हुन्।

सितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारी वाट प्रधानमन्त्रीको शपथ लिए लगत्तै प्रधानमन्त्री अ‍ोली साझ ७ः५५मा सिहदरवार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर पदभार ग्रहण गरेका थिए। पदभार ग्रहण गर्दै प्रधानमन्त्री ओलीले सवै नेपालीको चाहना र उद्धेश्य अनुरुप विना भेदभाव काम गर्ने वताए। सरकारले कुनै प्रकारको भेदभाव र पक्षपात गर्ने छैन् , त्यसैले सवै नेपालीलाई विश्वस्त भएर उत्साहवद्र्धक रुपमा राष्ट्र निर्माणको कार्यमा अघि वढ्न आग्रह गर्छु। ’प्रधानमन्त्रीको कुर्सीवाटै उनले सवैलाई आग्रह गर्दै भने।

प्रधानमन्त्री ओलीले मुलुकमा कानुनी राज्य स्थापना गर्ने, पारदर्शीता र स्वच्छता कायम गर्ने र भ्रष्टचार निइनत्रण गर्ने विषयमा कसै स“ग कुनै प्रकारको संझौता नगर्ने वताए। भ्रष्टचारजन्य कार्य गम्भीर अपराध भएको वताउदै प्रधानमन्त्री ओलीले भ्रष्टचार लगायत सवै प्रकारका अपराध विरुद्ध कठोर कदम चालिने प्रतिवद्धता व्यक्त गरे।

प्रधानमन्त्री ओलीले मुुलुकको भौगेोलिक अखण्डतामा कुनै किसिमको आच आउन नदिने दृढता व्यक्त गर्दै नेपाल र नेपालीलाई सदा सदा स्वभिमानपुर्वक वाच्न सक्ने वातावरण सिर्जन ागर्न आफु सदा समर्पित हुने वताए। उनले अनेकतामा एकता कायम गर्दै र सामाजिक सद्भाव कायम गर्दै सामाजिक न्याय , समानता र उत्पादनमा जोड दिइने जनाए।,

प्रधानमन्त्री ओलीले मुलुक स्थायित्वमा प्रवेश गरेको जनाउदै अव सरकार र आम जनताको लक्ष्य आर्थिक विकास र समृद्धि भएको वताए। उनले अव आन्तरिक पुजीको शसक्त परिचालन गरिने र वाह्य पुजीलाई आमन्त्रण गर्ने खालका वातावरण सिर्जना गरिने प्रतिवद्धता व्यक्त गरे। उनले आफुले मुलुकमा परिचालन हुन नसकेको पुजीलाई परिचालन गर्नुपर्छ भन्दा गलत अर्थ लगाइएको वताउदै कालो पुजीको पक्षमा आफु कहिल्यै पनि नरहेको स्पष्ट पारे। प्रधानमन्त्री ओलीले युवाहरुलाई स्वदेशमा नै रोजगारीको प्रशस्त अवसर सिर्जना गरि विदेश जानु पर्ने वाध्यात्मक अवस्थाको अन्त गर्ने तर्फ आफु प्रयासरत हुने वताए ,।

प्रधानमन्त्री ओलीले पदभार ग्रहण गर्दै गर्दा २०७२ सालमा पहिलो पटक प्रधानमन्त्री हुदा आफुले देशभरवाट तुइन मुक्त गराउने अभियान थालेको स्मरण गर्दै विकट र दुर्गम नेपाली जनताहरुले पाइरहेको दुख कष्ट वाट मुक्ति दिलाउन आफुले सो निर्णय गरेको जानकारी दिए। उनले त्यतिखेर आफु ९ महिनामा नै वर्हिगमन हुन परेकाले सो कार्य पुरा हुन नसकेको र अव त्यसलाई छिटै पुरा गर्ने प्रतिवद्धता जनाए।

प्रधानमन्त्रीले पदवहाली गरे लगत्तै गरेका निर्णयहरु


उनले सञ्चारकर्मीलाई विहीवार पदभार ग्रहण पश्चात निम्न निर्णय गरिएको जानकारी दिए ।

१ समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्त गर्नका लागि नेपालको संविधान कार्यान्वयन गर्ने र संघ, प्रदेश र स्थानीय तहका तिन वटै सरकालाइ

जनमुखी सवल ,र प्रभावकारी वनाउदै अघि वढ्ने

२ आर्थिक समृद्धिका लागि कृषिको आधुनिकीकरण र व्यवसायीकरण , उद्योगहरुको संरक्षण स्थापना र विकास गर्ने

३ यातायात, सञ्चार, विद्युत लगायतका पुवार्धार को तीव्र विकास गराउने

४.,शिक्षा स्वास्थ्य खानेपानी जस्ता आम सरोकारका विषय र विकासका शर्तहरुको प्रत्याभुति गराउने

५पर्यटन को विकास गर्ने र वृहत्तर रुपमा आन्तरिक तथा वाह्य लगानी अभिवृद्धि गर्ने

६उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने

७ स्तरिय पुर्वाधार विकासमा जोड दिने

८.उद्योग व्यवसाय आर्थिक क्रियाकलापको विस्तारका लागि लगानी मैत्री वातावरण सिर्जना गर्ने

९.अर्थतन्त्रका सवै क्षेत्रलाई गतिशील वनाई राष्ट्रिय पुजी निर्माणलाई प्राथमिकता दिइने ,आत्मनिर्भरता वढाइने , उत्पादनमूलक रोजागरी को सिर्जना गर्ने खालका उद्योगमा लगानी र अर्थिक त्रियाकलाप तर्फ जोड दिने

१० आम रुपमा रोजगारीको अवसर सिर्जना गर्ने

११सामाजिक न्याय र समानतामा जोड दिने र व्यवहारिक रुपमा कार्यान्वयन

१२ शासकीय सुधार र भ्रष्टचार नियन्त्रण गर्ने।यसका लागि भ्रष्टचार प्रति शून्य सहनशीलता अपनाइने।

१३–दुई वर्ष भित्र प्रत्येक गाउपालिका र नगरपालिकामा सिटिइभिटीवाट मान्यता प्राप्त प्राविधिक शिक्षालयको स्थापना गर्ने

१४आगामी दुई वर्ष भित्रमा संघीय संसदको भवन वनाइने शुक्रवार देखि नै काम थालिने


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.