राष्ट्रपति चुनाव फागुन २१ गते

राष्ट्रपति चुनाव फागुन २१ गते

 

काठमाडौं : निर्वाचन आयोग राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तयारीमा जुटेको छ। संघीय संसद् गठन भएपछि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आयोगले निर्वाचन तयारी थालेको हो।

राष्ट्रपतिसमक्ष बुधबार प्रतिनिधिसभाको अन्तिम परिणाम बुझाएको आयोगले बिहीबार दलहरूसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे छलफल गरेको छ। आयोगले दलहरूसँगको छलफलमा फागुन २१ गते राष्ट्रपति र चैत १ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी कार्यतालिका प्रस्ताव गरेको छ। आयोगले विहीबार संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलसँग छलफल गरेको आयोगले जनाएको छ।

आयोगले प्रस्ताव गरेको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मितिमा दलहरूले समर्थन जनाएको आयोग प्रवक्ता नवराज ढकालले जानकारी दिए। उनले भने, ‘आयोगले फागुन तेस्रो साता राष्ट्रपति र चैत पहिलो साता उपराष्ट्रपति निर्वाचन गर्ने गरी मिति प्रस्ताव गरेकोमा दलहरूले समर्थन जनाउनुभएको छ।’ उनका अनुसार आयोगले नेताहरूसँग निर्वाचन मिति घोषणाका साथै तयारी, राजनीतिक संवाद संयन्त्र गठनलगायत विषयमा पनि छलफल गरेको छ।

आयोगले बोलाएको छलफलमा एमालेका तर्फबाट राजेन्द्र पाण्डे र अग्नि खरेल, कांग्रेसबाट विमलेन्द्र निधि र डा. मीनेन्द्र रिजाल, माओवादीबाट नारायणकाजी श्रेष्ठ र प्रल्हाद बुढाथोकी सहभागी थिए। यस्तै राजपाबाट राजेन्द्र महतो र केशव झा तथा संघीय फोरमबाट राजेन्द्र श्रेष्ठ, डा. शिवजी यादव बैठकमा सहभागी थिए। राजपा नेता केशव झाले आयोगले प्रस्ताव गरेको मितिमै निर्वाचन हुने विश्वास व्यक्त गरे। उनले भने, ‘सबै दलले त्यसमा सहमति जनाएका छन्।’

 निर्वाचन आयोगले नेताहरूसँग निर्वाचन मिति घोषणाका साथै तयारी, राजनीतिक संवाद संयन्त्र गठनलगायत विषयमा छलफल गरेको छ।

आयोगले दलहरूसँग निर्वाचन कार्यतालिकाबारे प्रारम्भिक छलफल गरे पनि सरकारसँग परामर्शपछि मात्र चुनावको मितिको अन्तिम टुंगो लगाउनेछ। आयोग प्रवक्ता ढकालका अनुसार दलहरूसँग छलफलपछि निर्वाचन मितिबारे आयोगले संसद् सचिवालयको पनि राय लिनेछ। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद् र प्रदेशसभाका सदस्यले मतदान गर्ने संवैधानिक व्यवस्था छ।

यसैगरी आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारलाई निर्वाचन खर्च समयमै बुझाउन पनि आग्रह गरेको छ। निर्वाचन सम्पन्न भएको एक महिनाभित्र खर्च विवरण बुझाउनुपर्ने प्रावधान अनुसार आयोगले दलका नेताहरुलाई विवरण बुझाउन आग्रह गरेको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.