‘सत्तारोहणको गृहकार्य अधुरो’

‘सत्तारोहणको गृहकार्य अधुरो’

 

काठमाडौं : वाम गठबन्धनका तर्फबाट बिहीबार प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी ओलीले आफ्नै पार्टीका सांसदलाई मात्रै समेटेर मन्त्रिमण्डल गठन गरेपछि अनेक आशंका उब्जिएको छ। एमाले-माओवादी एकता र सरकारमा माओवादीको सहभागिताका विषयलाई लिएर विभिन्न टिकाटिप्पणी सुरु भएको छ।

नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यले पाँचमहिने पार्टी एकता र तीनमहिने सरकार निर्माणसम्बन्धी प्रक्रियाको गृहकार्य अधुरो र अपुरो हुँदा आशंका उत्पन्न भएको बताए। उनले अन्नपूर्णसँगको कुराकानीमा भने, ‘मुलुकको प्रधानमन्त्री र सबैभन्दा ठूलो पार्टीको अध्यक्षको हैसियतमा ओली स्वयंको विशेष पहलमा दुई पार्टीलाई एक गराउँदै अब आर्थिक प्रगतिमा लाग्नुपर्छ।’

राष्ट्रियता र राष्ट्रिय स्वाभीमानको रक्षार्थसमेत एमाले-माओवादीले पाएको जनमतको उद्देश्यप्राप्तिका लागि ओलीको राष्ट्रवादलाई कार्यान्वयन गर्ने बेला भएको उनले बताए। नाकाबन्दीको विपक्षमा ओलीको संलग्नता र वामपन्थी पार्टी एकीकरणका लागि पाएको जनमतको सदुपयोग गर्दै मुलुकको समग्र उन्नतिमा जुट्नुपर्ने तर्क उनले गरे। ‘मैले चिनेको ओलीबाट सकारात्मक कार्य हुनेछ तर प्रारम्भमा भएका त्रुटिलाई तत्कालै सच्याउनु जरुरी छ’, उनले भने, ‘अन्यथा उनको राष्ट्रियताको अडान कार्यान्वयनको भूमरीमा पर्छ।’

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पर्खौं, बुझौं र भनौं भन्ने नीतिमा आफू रहेको बताए। ‘कम्युनिस्टहरूको कुरा बुझ्न सकिँदैन। परिस्थिति कता जान्छ भन्न सकिँदैन’, उनले भने, ‘केही वर्षयता राजनीतिको अवगुणका रूपमा रहेको ‘मोलतोल’ ले पनि काम गरेको हुनुपर्छ। त्यसैले चुनावी एकता पार्टी एकतामा रुपान्तरण हुन कठिन भएको होला।’

 नाकाबन्दीको विपक्षमा ओलीको संलग्नता र वामपन्थी पार्टी एकीकरणका लागि पाएको जनमतको सदुपयोग गर्दै मुलुकको समग्र उन्नतिमा जुट्नुपर्ने।

नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले पाँचमहिने गृहकार्यको परिणाम प्रधानमन्त्रीको शपथसम्म आइपुग्दा निराशाजनक हुनु राम्रो नभएको बताए। ‘आज देखिएको परिणाम निराशाजनक छ’, उनले भने, ‘ओली सरकार यस्तै गतिमा अघि बढ्दा मुलुकको उन्नति, समुन्नति र प्रगतिमा ठेस लाग्छ।’

कांग्रेस नेता डा. शेखर कोइरालाले स्थीर सरकारको नाराका साथ सँगै चुनावमा होमिएका दुई पार्टी सरकारमा सँगै नजाँदा आशंका पैदा भएको बताए। ‘प्रजातान्त्रिक अभ्यासका लागि पनि यी दुई पार्टीले आपसी विवाद अन्त्य गरी छिटोभन्दा छिटो सरकारमा जानुपर्छ। ओली सरकारले चाँडै पूर्णता पाउनुपर्छ’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.