शपथकै दिन मुख्यमन्त्रीका योजनाको चाङ

शपथकै दिन मुख्यमन्त्रीका योजनाको चाङ

बुटवल : प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले पर्यटनलाई मुख्य आधार बनाएर प्रदेशको विकास गर्ने योजना सार्वजनिक गरेका छन्। बिहिबार शपथ ग्रहण लगत्तै बसेको मन्त्रीपरिषद्को बैठक पछि पत्रकार सम्मेलन गर्दै पोखरेलले प्रदेश विकास योजनाको खाका नै सार्वजनिक गरे।

पर्यटन, उद्योग, कृषिबाट प्रदेशको विकास गर्न सकिने प्रसस्त सम्भावना रहेको भन्दै उनले कार्यकालभर त्यसको कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए। बुद्धजन्मस्थल लुम्बिनीको विकासदेखि जनयुद्धको मुख्यभूमि रोल्पालाई पर्यटनको गन्तव्य बनाउने रणनीति प्रदेश सरकारको छ।

एसियाकै ठूलो उपत्यका दाङको विकासदेखि नौमुरे जलविद्युत आयोजनाको विकाससम्मका योजना उनका छन्। बुद्ध सर्किटको विकास, स्वर्गद्वारीदेखि गुल्मीको रेसुंगासम्मलाई पर्यटन मार्गमा जोडिने उनले बताए। पहाडमा पर्यटन होमस्टे र तराईको भूमिमा आधुनिक कृषिको विकास गर्ने योजना छ।

नीति तथा कार्यक्रमकै शैलीमा योजनाको फेहरिस्त सुनाएका उनले सात वटा बुदामा चुनौति छन्। प्रदेश भित्रको अशिक्षा, गरिवी, बेरोजगारी, साविकको अञ्चल मनोविज्ञान र एकात्मक राज्यको मनोविज्ञान परिवर्तन, साधन र स्रोतको सिमितता र अस्थायी मुकाममा पूर्वाधारको अभाव प्रदेश सरकारका मुख्य चुनौति भएको बताए।

प्रदेशको स्थायी राजधानीको छनौटमा बैज्ञानिकता अपनाईने भन्दै उनले भने–‘राजधानी हुने क्षेत्रलाई पछिल्लो पूस्ताले गर्व गर्ने लायकको शहर बनाउने छौं।’ राजधानी नभए पछि परिन्छ भन्ने सोँचलाई हटाउन बुटवल–भैरहवा, घोराही–तुल्सीपुर र कोहलपुर–नेपालगञ्जलाई महानगरका रुपमा विकास गर्ने योजना उनले बताए।

‘पर्यटन विकास नै प्रदेश समृद्धिको मुख्य आधार’लुम्बिनीमा मोनोरेलदेखि पहाडमा होमस्टे सञ्चालनप्रदेश राजधानीको रहर मेट्ने महानगर बन्ने

प्रादेशिक योजना आयोगको गठन, कानुन निर्माणमा पहिलो प्राथमिकता दिदै आयोग गठन, प्रदेशको वर्तमान अवस्थाको स्वेतपत्र जारी र पारदर्शी बजेट निर्माणमा जोड दिने उनले बताए। ‘केन्द्र सरकारको कार्यक्रम नभए पनि हामी प्रादेशिक योजनाको आयोग गठन गरेर प्रदेशको गुरुयोजना बनाउछौं, उनले भने। प्रदेशको आफ्नै बैंक, स्वदेशी र विदेशी लगानीकर्ता आकर्षण, बचत संकलनमा प्रोत्साहन, सवै नागरिकको बैंक खाता तथा उत्पादकत्व र राजश्व बृद्धिमा जोड दिने योजना सुनाए।

दुई नवनियुक्त मन्त्रीलाई छेउमा राखेर पत्रकारमाझ प्रस्तुत भएका मुख्यमन्त्री पोखरेलले ‘इगभर्नेन्स’को विकास र सुरक्षानिकायको सुदृढिकरण गर्ने बताए। बृहत्तर लुम्बिनी विकासको गुरुयोजना निर्माण, राष्ट्रिय गौरवका सिचाई आयोजनाहरुको तत्काल विकासमा उनले जोड दिए। पाल्पादेखि रोल्पासम्म प्रादेशिक राजमार्ग, बुद्ध सर्किटमा मोनेरेल, पहाडमा केबलकार निर्माण गर्ने योजना छन्।

भू–उपयोग नीति अघि बढाउदै सार्वजनिक जग्गाको विकासमा जोड दिने उनले बताए। आफ्नै विश्वविद्यालय सञ्चालनमा ल्याउदै प्राबिधिक शिक्षामा जोड, विद्यालय शिक्षादेखि नै कम्युटर पढाई र प्रदेशको आफ्नै डाटा सेन्टर बनाउने महत्वाकांक्षी योजना उनले ल्याएका छन्।

भैरहवा, कृष्णनगर, नेपालगञ्ज र कोइलाबास नाकालाई आधार बनाएर औद्योगिक कोरिडोर बनाउने योजना उनको छ। प्रदेश ५ को नक्सा नै नेपालको जस्तो भएको भन्दै नमुना डिजिटल प्रदेशको रुपमा विकास गर्ने उनले बताए। नवलपरासीदेखि रुकुमसम्मको भूगोल नै सम्भावनायुक्त भएको भन्दै उनले यसको उच्चतम प्रयोग गरिने बताए। उनले प्रदेश सरकारका योजना कार्यान्वयनमा भूमिका खेल्न कर्मचारीलाई समेत निर्देशन दिए।

पहिलो बैैठकका आठ निर्णय

त्यसअघि बसेको प्रदेश नम्बर ५ मा पहिलो मन्त्रीपरिषद्को बैठकले आठ वटा निर्णय गरेको छ। प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण बनाएकोमा सबैलाई धन्यावाद दिएको छ। केही सार्वजनिक लिखित सार्वजनिक प्रमाणिकरण सम्बन्धी नियमावली र प्रदेश सरकार कार्यविभाजन नियमावली, कार्यसम्पादन नियमावली, प्रदेश कानुन मस्यौदा तथा सुझाव आयोगको सम्बन्धमा व्यवस्था गर्ने बनेको आदेश जारी गर्ने निर्णय गररेको छ।

बैठकले सरकारको प्रवक्तामा भौतिक पूर्वाधार निर्माण मन्त्री बैजनाथ चौधरीलाई तोकेको छ। पहिलो बैठकले मुख्यमन्त्री र मन्त्री शपथको समर्थन गरेको छ भने प्रदेश सरकारका निर्णय कार्यन्वयन गर्नका लागि निजामति कर्मचारीको प्रतिज्ञा पत्रको ढाचा निर्माण गरेको छ।

मुख्यमन्त्री पोखरेलले पद्भार ग्रहण गर्दै राष्ट्रिय गौरवका आयोजनाको प्रगति विवरण लिई तत्काल निर्माणमा तिब्रता दिन निर्देशन सहितको निर्णयमा हस्ताक्षर गरेका थिए।

तीन जनाको सपथ

प्रदेश प्रमुख उमाकान्त झाले बिहिबार दिउसो मुख्यमन्त्री सहित दुई मन्त्रीलाई शपथ गराएका थिए। निकै तामझामका साथ प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले शपथ ग्रहण गरेका हुन। मुख्यमन्त्री सहित दुई मन्त्रीले पनि शपथ लिएका छन्। ५ नम्बर प्रदेशमा मा ३ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ। संबिधानको धारा १३८ को उपधारा ९ बमोजिम गठन भएको ३ सदस्यीय मन्त्रीमण्डलमा एक एमाले र एक माओवादी केन्द्रका मन्त्री छन्।

मुख्यमन्त्रीको सपथ लगत्तै प्रदेश प्रमुख झाले माओवादी संसदीय दलका नेता कुल प्रसाद केसी र एमालेका बैजनाथ चौधरीलाई शपथ खुवाएका थिए। दुई मन्त्रीले क्रमश : आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भौतिक पुर्वाधार बिकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र को समर्थनमा मुख्यमन्त्री बनेका पोखरेलले मुख्यमन्त्रीको जिम्मेवारी संगै आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय, भुमि ब्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय र समाजिक बिकास मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका छन्। मुख्यमन्त्री पोखरेल शपथ लगत्तै शहिदहरुलाई माल्यापर्ण गर्न मणिमुकुन्द सेन पार्कस्थित शहिद बाटिका पुगेका थिए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.