प्रदेशमा मन्त्री छान्न सकस

प्रदेशमा मन्त्री छान्न सकस

पोखरा : प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार शपथ लिँदैछन्। बिहीबार सभामुख निर्वाचित नेत्रनाथ अधिकारीको शपथ पनि शुक्रबार नै हुँदैछ। दुवैले बिहान साढे ९ बजे प्रदेशप्रमुख बाबुराम कुँवरसँग उनकै निवासमा सपथ लिने कार्यक्रम छ।

प्रदेशसभाको बिहीबार बसेको दोस्रो बैठकमा सभामुखका हैसियतले ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री नियुक्त भएको प्रदेशप्रमुखको पत्र पढेर सुनाएका थिए। बैठकले माओवादी सांसद अधिकारीलाई सभामुख निर्वाचित गरेको हो। माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले अधिकारीलाई सभामुख चयन गरियोस् भन्ने प्रस्ताव बैठकमा राखेका थिए। एमाले सांसद किरण गुरुङले उक्त प्रस्तावमाथि समर्थन जनाए।

त्यसअघि बुधबार सभामुख चयनका लागि अधिकारीको मात्र उम्मेदवारी परेको थियो। एकजनाको मात्रै उम्मेदवारी दर्ता भएको र प्रस्ताव तथा समर्थन पनि उनै उम्मेदवारका लागि मात्रै आएको भन्दै ज्येष्ठ सदस्य श्रेष्ठले अधिकारी सभामुख निर्वाचित भएको घोषणा गरे। उपसभामुखको चयन ६ गते गर्ने निर्णयसमेत गरी बिहीबारको प्रदेशसभा बैठक १२ मिनेटमै सकियो।

मुख्यमन्त्रीको शपथसहित शुक्रबार प्रदेश मन्त्रिपरिषद् गठन हुनेछ। मुख्यमन्त्रीसहित अरु मन्त्रीहरूको समेत शुक्रबार शपथ गराउने गृहकार्य सत्ता गठबन्धनका दुई दल एमाले र माओवादी केन्द्रले गरेका छन्। दुवै दलले कति मन्त्री लिने ठोस निर्णय गरिसकेका छैनन्। माओवादीले २ र एमालेले ५ मन्त्री लिने मोटामोटी समझदारी बनेको दुवै पार्टीका नेताहरू बताएका छन्। दुवै पार्टीभित्र मन्त्री बन्न नेताहरूको रस्साकस्सीका कारण बिहीबार अबेरसम्म पनि ठोस निर्णय भएको थिएन।

एमालेमा कृष्ण थापादेखि युवा संघ अध्यक्ष राजीव पहारी, सिर्जना शर्मा, विकास लम्साल, रामशरण बस्नेत, रोशन गाहामगर, नरदेवी पुन मन्त्रीका आकांक्षी छन्। माओवादी संसदीय दलका नेता चुमान, उपनेता रामजी बराल जीवन हुँदै दीपक कोइराला, आशा खनाल, गायत्री गुरुङसमेतको मन्त्रीमा आकांक्षा रहेको पार्टीस्रोत बताउँछ।

चुमानले एमालेसँग भागबन्डाको छिनोफानो नलागिसकेकाले मन्त्रीको नाम टुंगो लाग्न नसकेको बताए। मुख्यमन्त्री पृथ्वीसुब्बाले मन्त्रिपरिषद् गठनबारे सल्लाह दिन पार्टी अध्यक्ष केपी ओलीलाई काठमाडौंमा भेटेर फर्किएका छन्। एमालेस्रोतले केन्द्रको निर्देशानुसार नै मन्त्री चयन हुने बताएको छ। यहाँ नेताहरू मन्त्री छान्न सास्ती भएकाले मुख्यमन्त्रीको शपथको अघिल्लो दिनसम्म पनि मन्त्रीबारे कुनै संकेत नमिलेको सुनाउँछन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.