त्रिलोचन भट्ट भए मुख्यमन्त्री

त्रिलोचन भट्ट भए मुख्यमन्त्री

धनगढी : प्रदेश ७ प्रमुख मोहनराज मल्लले डोटीबाट प्रदेश सभा ‘ख’मा निर्वाचित त्रिलोचन भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । धनगढीको उत्तरबेहडीस्थित प्रदेश प्रमुखको कार्यालय पुगेका भट्टलाई प्रदेश प्रमुख मल्लले नियक्तिपत्र एवं खादा ओढाएर बधाईसमेत पनि दिए ।

प्रदेश प्रमुखको सचिवालयले फागुन ५ गते दिउँसो ३ बजे मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम हुने जानकारी दिएको छ । प्रदेश प्रमुखको कार्यालयमै मुख्यमन्त्रीको शपथ ग्रहणको तयारी सुरु गरिएको प्रदेश प्रमुखको सचिवालयका उपसचिव हीरालाल चौधरीले बताए ।

बुधबार एमालेका २१ र माओवादी केन्द्रका १४ गरी ३५ जना प्रदेश सदस्यले भट्टलाई आफूहरूको समर्थन रहेको जनाएपछि उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । एमालेबाट अनुपस्थित दार्चुलाका प्रदेशसभा सदस्य गेल्बु बोहरा र अछामका हर्कबहादुर कुँवरले बिहीबार भट्टको समर्थनमा प्रदेश प्रमुखको कार्यालय पुगेरै समर्थन जनाएका छन् ।

५३ सदस्यीय प्रदेशसभामा भट्टको पक्षमा ३७ जना अथवा दुईतिहाई बहुमत पुगेको छ ।

५३ सदस्यीय प्रदेशसभामा भट्टको पक्षमा ३७ जना अथवा दुईतिहाई बहुमत पुगेको छ । एमालेबाट सभामुख अर्जुनबहादुर थापाले हस्ताक्षर गर्न नपाउने भएपछि भट्टको पक्षमा गठबन्धनका ३७ जनाले समर्थन जनाएका हुन् ।

बढ्दै छन् मन्त्रालय

बिहीबार प्रदेश ७ मा आर्थिक मामिला तथा योजना मन्त्रालय स्थापना गरिएको छ । प्रदेश ७ का प्रमुख सचिव लक्ष्मीराम पौडेलले साविकको क्षेत्रीय सिँचाइ निर्देशनालयको पहिलो तलामा आर्थिक मामिला तथा योजना मन्त्रालय स्थापना गरेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव शंकरकृष्ण श्रेष्ठले पनि बिहीबार नै पदस्थापन गरेका छन् । आर्थिक एवं वित्तीय नीति हेर्ने मन्त्रालयले प्रदेशको समृद्धिको खाका कोर्ने उनले बताए ।

क्षेत्रीय सिँचाइ निर्देशनालयको भुइँतलामा भौतिक पूर्वाधार विकास मन्त्रालयको पनि तयारी भइरहेको छ । कार्यालयमा रङरोगन र मर्मतसम्भार सुरु गरिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयमा भने अहिलेसम्म सचिवसहितका कर्मचारी तोकिएका छैनन् ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.