पार्टी र सरकार दुवैमा आलोपालो नेतृत्व : दाहाल

पार्टी र सरकार दुवैमा आलोपालो नेतृत्व : दाहाल

सिन्धुली : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनको सरकार र एमाले माओवार्दी पार्टी एकीकरणपछिको पार्टी दुवैमा आलोपालो नेतृत्व हुने बताएका छन्। बिहीबार सिन्धुलीको मरिण गाउँपालिका–७ स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय मरिण प्राकृतिक स्रोत व्यवस्थापन कलेजको भवन शिलान्यास तथा कक्षा उद्घाटनका अवसरमा दाहालले यस्तो बताएका हुन्।

‘मेरो आफ्नै प्रस्तावमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ। केही दिनभित्रै दुवै पार्टीको एकीकरण पनि हुन्छ। सरकार र पार्टीको नेतृत्व हामी दुवैले पालैपालो गर्नेछौं’, उनले भने। कार्यक्रममा अध्यक्ष दाहालले कृषिक्षेत्रको विकासबिना आर्थिक क्रान्ति सम्भव नभएको भन्दै वाम गठबन्धनको सरकारले देशका सातै प्रदेशमा कृषि अनुसन्धान विश्वविद्यालय स्थापना गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे।

कृषिक्षेत्रमा अध्ययन गर्ने विद्यार्थी दक्ष भए नेपालमै आवश्यकताअनुसारको कृषि उत्पादनलाई व्यवसायीकरण गर्दै आत्मनिर्भर बन्न सहयोग पुग्ने उनको भनाइ छ। यसका लागि प्रधानमन्त्री ओलीसँग कृषिक्षेत्रको विकासका लागि मुख्य योजना बनाएर अघि बढ्न आग्रह गर्ने उनले उल्लेख गरे।

कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति ईश्वरीप्रसाद ढकालले नेपालमा वार्षिक ३६ अर्ब रुपैयाँको खाद्यान्न, १५ अर्ब रुपैयाँको तरकारी र १० अर्ब रुपैयाँको फलफूल आयात गर्नुपर्ने बाध्यता रहेको जानकारी दिए। त्यसैले कृषिक्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न सके वार्षिक ६० अर्ब रुपैयाँभन्दा बढी रकम स्वदेशमै लगाउन सकिने उनको भनाइ छ।

यसका लागि कृषि विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई दक्ष बनाउन अनुसन्धान, खोजमूलक र व्यावहारिक शिक्षा दिनुपर्नेमा उनको जोड छ। व्यावसायिक एवं प्राविधिक शिक्षाले मात्रै नेपालमा कृषिक्षेत्रको माध्यमबाट समृद्धि ल्याउन सकिने शिक्षाविद् डा. सुरेशराज शर्माले बताए। सरकारले विश्वविद्यालय खोल्ने मात्र नभई दक्ष जनशक्ति, आर्थिक व्यवस्थापन र भौतिक पूर्वाधार निर्माणर्ला प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

नेपालकै दोस्रो कृषि तथा वन विज्ञान विश्वविद्यालय सिन्धुलीमा पहिलो पटक बिहीबारबाट ५० जना विद्यार्थीले अध्ययन थालेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.