जिन ज्याक्स अनाउडका ५ सिनेमा
१. सेभेन इयर्स इन टिबेट
हेनरिरक हररद्वारा लिखित पुस्तक ‘सेभेन इयर्स इन टिबेट’को फिल्मी संस्करण हो यो सिनेमा। उनले सन् १९४४ देखि १९५१ सम्म आफूले तिब्बतमा भोगेको अनुभव समेटेर १९५२ मा पुस्तक तयार पारेका थिए। यसै पुस्तकलाई लिएर १९९७ मा फिल्म तयार पारियो। जेलबाट भागेपछि दुई युवाले भोग्नु परेको घटनाक्रमलाई फिल्ममा उतारिएको छ। सन् १९४४ मा हरर र अफचान्टर जेलबाट भाग्छन् र तिब्बती बोर्डर पार गर्छन्। सुरुमा तिब्बतीहरूले भारत नै फर्किन आदेश दिए पनि पछि ल्हासामा उनीहरूलाई संरक्षण दिइन्छ।
२. द लभर
मार्गरेट डुरासद्वारा १९८४ मा लिखित ‘द लभर’लाई सन् १९९२ मा त्यही नामको सिनेमा बनाइयो। फिल्म विशेषतः टिनएज फ्रेन्च युवती र धनी चिनियाँ युवकको प्रेमसम्बन्धमा आधारित छ। स्कुल पढ्दै गरेकी जेन र ३२ वर्षीय युवक टोनीको देखादेख हुन्छ। समाजको खास मूल्य मान्यताविपरीत जेन मार्च र टोनी लियुङका फाई प्रेममा बाँधिन चाहन्छन्। टोनीले उनलाई आफ्नो कोठामा समेत लैजान्छन्। उनीहरूको प्रेमसम्बन्ध र त्यसको प्रभाववरिपरि फिल्म घुम्छ। फिल्मले सन् १९९३ मा ‘सेसार अवार्ड’समेत हात पारेको थियो।
३. टु ब्रोदर
सन् २००४ मा बनाइएको पारिवारिक फिल्म हो, द टु ब्रोदर। दुई बाघ दाजुभाइ कोउमाल र सांघा फिल्मको केन्द्रमा छन्। उनीहरू एकापसमा छुट्टिन्छन् र धेरै समयपछि उनीहरूको पुनर्मिलन हुन्छ। बुवालाई अपराधी ऐडनले मारिदिएपछि उनीहरू एकआपसमा छुट्टिएका थिए। दुइटा बाघमध्ये एउटालाई समातेर सर्कस खेलाउन लगिन्छ भने अर्काेलाई हत्यारा बनाउने ट्रनिङमा राखिन्छ। बाँच्नका लागि उनीहरूले गरेको संघर्षलाई सिनेमामा महत्वका साथ देखाउने प्रयास गरिएको छ। छुट्टिएपछि जहाँ उनीहरूलाई बन्दी बनाइएको थियो, त्यहाँ उनीहरूलाई निकै दुःख खेप्नुपर्छ।
४. क्वेस्ट फर फायर
फिल्मको कथा लगभग ८० हजार वर्ष पहिलेको ढुंगे युगको छ। कथा तत्कालीन मान्छेहरूले आगो खोज्न गरेको प्रयासमा आधारित छ। ‘क्रो म्याग्नन ट्राइब’ले एभ्रेट म्याकजिल, रोन पर्लम्यान र नेमर एल-खादीलाई आगोको खोजीमा पठाउँछ। ढुंगे युगको विभिन्न भूगोल (क्यानडा, स्कटल्यान्ड, आइसल्यान्ड, केन्या)मा उनीहरू आगोको खोजीमा पुग्छन्। उनीहरूको ‘क्यानिबल ट्राइबसँग’ भेट हुन्छ। त्यहाँकी इका नामक महिला पात्रलाई भेट्छन्, जोसँग उनीहरूले खोजेकै वस्तुका बारेमा जानकारी थियो। फिल्म जेएज रोस्नीको पुस्तक ‘क्वेस्ट फर फायर’मा आधारित छ।
५. द वियर
अमेरिकन लेखक जेम्स ओलिभर करउडद्वारा लिखित पुस्तक ‘द गिज्ली किङ’मा आधारित भएर यो फिल्म तयार पारिएको हो। एउटा बेवारिसे भालुको कथा फिल्मको मुख्य विषय हो। एउटा सानो भालुको आमाको मृत्यु हुन्छ र ऊ एक्लै पर्छ। ऊ आफैं खान पनि सक्दैन, यताउता हिँड्न पनि सक्दैन। साथी बनाउन चाहन्छ तर उसलाई साथी बनाउन पनि कोही तयार हुँदैनन्। अनाउड र ब्राकले यो सिनेमा बनाउने योजना सन् १९८१ देखि नै गरेका थिए। इटाली र अस्ट्रेलियाका विभिन्न भागमा यो फिल्मको सुटिङ गरिएको छ।