प्रदेश ४ मा मुख्यमन्त्री गुरुङसहित सभामुख र मन्त्रीले लिए शपथ
पोखरा : प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन्।मुख्यमन्त्री गुरुङसँगै सभामुख नेत्रनाथ अधिकारीले र एक मन्त्रीले सो समारोहमा शपथ लिएका हुन्।
शुक्रबार बिहान आयोजित एक समारोहका बीच उनलाई प्रदेश प्रमुख बाबुराम कुँबरले शपथ गराएका हुन्। मुख्य मन्त्री सुब्बाले एमाले सांसद् रामशरण बस्नेतलाई उद्योग तथा वन मन्त्री बनाएर दुई सदस्यीय मन्त्रीपरिषद गठन गरेका छन्।बस्नेत गोरखा क्षेत्र नम्बर १(ख)का प्रदेशसभा सदस्य हुन्।