अन्तरनगर मेयर कप पुरुष भलिबल : लिग चरण पूरा

अन्तरनगर मेयर कप पुरुष भलिबल : लिग चरण पूरा

भक्तपुर : भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तरनगर मेयर कप पुरुष भलिबल प्रतियोगिताअन्तर्गत शुक्रबार लिग चरणका खेलहरु सकिएका छन्।भलिबलको नेपाली राष्ट्रिय टोलीका कप्तान इम रानामगर नेतृत्वको ललितपुर महानगरपालिका टीमले रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई हराएसँगै लिग चरणका खेल सकिएका हुन्।

इम नेतृत्वको टोलीले आफ्नै समकक्षी प्रेम भण्डारी नेतृत्वको तिलोत्तमा नपा टोलीलाई हराउँदै ललितपुर महानगरपालिका समूह विजेता भएर प्रिक्वार्टरफाइनलमा पुग्न सफल भएको हो। ललितपुरले पहिलो खेलमा काभ्रेको पनौती नपालाई हराएको थियो।

शुक्रबार नै भएको अर्को खेलमा तिलोत्तमा नपाबाट पराजित भएपछि पनौती नपा लिग चरणबाट बाहिरिएको छ। ललितपुरबाट पराजित भए पनि तिलोत्तम समूहको उपविजेता बन्दै प्रिक्वार्टरफाइनलमा पुग्न सफल भएको छ।

त्यस्तै वीरगञ्ज महानगरपालिका पनि लिगचरणबाटै घर फर्किएको छ। वीरगञ्ज महानगर शुक्रबार आयोजक भक्तपुर र काठमाडौंको कीर्तिपुर नपासँग पराजित भएको हो। उक्त समूहबाट भक्तपुर विजेता र कीर्तिपुर उपविजेता बन्दै अन्तिम १६ मा पुगेका छन्।

शुक्रबारको अन्तिम लिगमा पराजित भएपछि हेटौंडा उपमहानगरपालिका टीम पनि लिग चरणबाटै घर फर्कन बाध्य भएको छ। बिहीबार भक्तपुरको मध्यपुर थिमी नपासँग पराजय भोगेको हेटौंडा शुक्रबार कैलालीको गोदावरी नपासँग हारेको थियो। शुक्रबारसम्ममा रामधुनी नपा र धुलिखेल नपा पनि लिग चरणमै प्रतियोगिताबाट बाहिरिएका छन्।

रामधुनी नपा पहिलो खेलमा ललितपुरको गोदावरी र दोस्रो खेलमा बनेपासँग हारेको थियो। बिहीबार थाहासँग पराजित धुलिखेलले शुक्रबार जनकपुर धामसँग हार व्यहोरेको थियो।
प्रतियोगितामा सहभागी हुने निश्चित गरेर पोखरा लेखनाथ महानगरपालिका र रामग्राम नपा शुक्रबार मैदानमा आएनन्। जसस्वरुप भक्तपुरको सूर्यविनायक नपा र भोजपुर नगरपालिका खेल नै नखेली सीधै प्रिक्वार्टरफाइनलमा पुगेका छन्।

प्रतियोगिताका विजेताले उपाधिसँगै एकलाख ५१ हजार रुपैयाँ हात पार्ने भक्तपुर नपाले जनाएको छ। त्यस्तै उपविजेताले ७५ हजार, तेस्रो हुनेले ३० हजार र चौथो हुनेलाई २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने प्रतिायोगिताका संयोजक एवं भनपा १ वडाका अध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.