शिक्षालाई प्रविधिसँग जोडौं : राष्ट्रपति

शिक्षालाई प्रविधिसँग जोडौं : राष्ट्रपति

गुल्मी : राष्ट्रपति विद्यादेवी भण्डारीले अबको शिक्षालाई प्रविधिसँग जोड्नुपर्ने बताएकी छन् । सरकारले गरेको शिक्षा क्षेत्रको लगानीको प्रतिफल सोचेअनुसार हासिल गर्न नसकिएको बताउँदै उनले अब प्रविधिमैत्री बन्नुपर्ने धारणा राखिन् ।

मुसिकोट नगरपालिका–६ कुर्घा गुल्मीस्थित त्रिभुवन माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै भण्डारीले शिक्षा क्षेत्रको विकासबिना मुलुक समृद्धितर्फ अघि बढ्न नसक्ने उल्लेख गरिन् ।

‘विश्वका विकसित देशहरुले फड्को मार्नुको मुल कारण भनेकै शिक्षा नीति नै हो’, भण्डारीले भनिन्, ‘आर्थिक अभाव, चेतना र विपन्नताका कारणले गर्दा अझैसम्म पनि हरेक नेपालीको शिक्षामा पहुँच पुग्न सकेको छैन ।’ उनले शिक्षामा भइरहेको कमी कमजोरीलाई औल्याउँदै गुणस्तरीय शिक्षा प्रदान गर्नतर्फ अघि बढ्नुपर्ने बताइन् ।

‘शिक्षा क्षेत्रको गुणस्तर बढाउन सरकारकै मात्र मुख ताक्नु राम्रो होइन’, राष्ट्रपति भण्डारीले भनिन्,‘स्थानीय क्षेत्रले पनि यसतपर्फ चासो दिनुपर्छ ।’ गाउँगाउँमा स्थानीय सरकार आइसकेकाले स्थानीय तहले नै अबको शिक्षालाई गुणस्तरीयता र प्रविधिमैत्री बनाउनुपर्ने उनको जोड थियो । दक्ष जनशक्ति उत्पादनका लागि प्रविधिसँग अबका पुस्तालाई जोड्नुपर्ने उनको भनाइ छ । जिल्लाको त्रिभुवन माविलाई प्राविधिक शिक्षाको शैक्षिक केन्द्रको रुपमा स्थापित गर्न सबै लाग्नुपर्ने समेत उनले बताइन् ।

शुक्रवार नै राष्ट्रपति भण्डारीले गुल्मीको रुरु क्षेत्रको दर्शनसँगै कालीगण्डकी नदीमा स्नान गरेकी छिन्। जिल्लाको रिडिस्थित रुरु संस्कृति तथा साधारण माविको सतवार्षिकीको उद्घाटन समारोहमा पुगेको अवसरमा उनले स्नान गरेकी हुन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.