मन्त्रिपरिषद् गठनसँगै चुलियो असन्तुष्टि

मन्त्रिपरिषद् गठनसँगै चुलियो असन्तुष्टि

 

पोखरा : प्रदेश ४ को मन्त्रिपरिषद्को पहिलो बैठकले दुई वर्षभित्र प्रदेशका सबै गाउँबस्तीमा पिउने पानी र बिजुली पुर्‍याउने निर्णय गरेको छ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामशरण बस्नेतको दुई सदस्यीय मन्त्रिपरिषदले शुक्रबार उज्यालो प्रदेश अभियान घोषणा गर्दै सबै गाउँबस्तीमा खानेपानी पुर्‍याउन स्थानीय तहसँग सहकार्य गर्ने निर्णय गरेको हो।

‘५ वर्षभित्र सुविधा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने निर्णय गरेका छौं’, शुक्रबारै प्रदेश सरकारको प्रवक्ता तोकिएमा मन्त्री बस्नेतले भने, ‘५ वर्षभित्र नै सबै स्थानीय तहको केन्द्रलाई प्रदेश राजधानीसँग स्तरीय सडक सञ्जालले जोडिने छ।’

प्रदेशमा अत्याधुनिक सुविधा सम्पन्न क्यान्सर, मुटुरोग तथा मृर्गाैला उपचार केन्द्र ५ वर्षभित्र निर्माण गरिसक्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको जानकारी मन्त्री बस्नेतले दिए। प्रदेश भित्र बोलिने सबै भाषा तथा संस्कृतिको संरक्षण तथा संवद्र्धन गरिने सरकारको अर्काे निर्णय छ। ‘विभन्न जाति जनजातिको पहिचान झल्कने गरी बहुसांस्कृतिग्राम स्थापना गरिने छ’, मन्त्री बस्नेतले भने।

प्रदेश सरकारको काम चुस्त बनाउन विद्युतीय सुशासनमा जोड दिइने मन्त्री बस्नेतले सुनाए। प्रदेश मन्त्रिपरिषद्को बैठकले पाँच वर्षभित्र प्रदेश ४ मा सुविधासम्पन्न खेलमैदान बनाउने निर्णय पनि गरेको छ।

शुक्रबारै मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख बाबुराम कुँवरको निवासमा उनीसँग सपथ लिएका थिए। सभामुख नेत्रनाथ अधिकारीले पनि सपथ लिएको सोही समारोहमा प्रदेश प्रमुख कुँवरले मन्त्री बस्नेतलाई पनि सपथ खुवाए। सपथ लगत्तै मुख्यमन्त्री गुरुङ र मन्त्री बस्नेतले पदभार ग्रहण गरी मन्त्रिपरिषदको पहिलो बैठक बसेका थिए। मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद बैठकअघि स्थिर र दीगो विकासका लागि आफ्नो सरकारले गम्भीर भएर कामहरु अगाडि बढाउने बताएका थिए।

 प्रदेश मन्त्रिपरिषद्को बैठकले पाँच वर्षभित्र प्रदेश ४ मा सुविधासम्पन्न खेलमैदान बनाउने निर्णय पनि गरेको छ।

एमाले र माओवादीको शुक्रबार बिहान बसेको बैठकमा एमालेले ५ र माओवादीले २ मन्त्री लिने सहमति बनेको छ। तर दुवै पार्टीबाट मन्त्रीका लागि पठाउने सांसद टुंगो लगाउन नसक्दा शुक्रबारै मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको हो। माओवादीसँगको गठबन्धनमा मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता गुरुङले मन्त्रिपरिषद छिट्टै विस्तार गरिने जानकारी दिएका छन्।

मुख्यमन्त्रीसँगै सपथ लिएका मन्त्री बस्नेत गोरखाको क्षेत्र नम्बर १ ख बाट निर्वाचित सांसद हुन्। तर उनी १ कका बासिन्दा हुन्। एमाले केन्द्रीय वैकल्पिक सदस्य बस्नेत २०६४ र २०७० को संविधान सभा निर्वाचनमा गोरखा १ बाट पराजित भएका थिए। उनी ६४ मा माओवादीकी पार्वती थापा र ७० मा बाबुराम भट्टराईसँग पराजित उनी २०५४ मा नारेश्वर गाविसको अध्यक्ष भएका थिए।

एमालेबाट मुख्यमन्त्रीबाहेक ४ मन्त्रीभित्र पर्न सांसदहरुले लबिङ गरिरहेका छन्। माओवादीमा संसदीय दलका नेता हरिबहादुर चुमानसहित उपनेता रामजी बराल जीवन आकांक्षी छन्। मन्त्री बन्ने २ कोटाका लागि त्यसभन्दा थुप्रै आकांक्षी हुँदा एमालेसँग कुरा मिलिसकेर पनि उसले नाम टुंगो लगाउन नसकेको हो। एमालेमा चाहिँ केन्द्रको निर्देशनमा मन्त्री तोकिने उक्त पार्टीका नेताहरु बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.