मन्त्री छान्न एमाले माअाेवादीलार्इ सकस

मन्त्री छान्न एमाले माअाेवादीलार्इ सकस

धनगढी : प्रदेश ७ मा वाम गठबन्धनका प्रदेश इन्चार्जहरूलाई धेरै प्रदेशसभा सदस्यहरू प्रदेशमन्त्रीका लागि आकांक्षी भएपछि मन्त्री छनोटमा सकस परेको छ। एमालेले शुक्रबारसम्म पनि संसदीय दलको नेता चयन गर्न सकेको छैन। बिहीबार धनगढी आएका एमालेका प्रदेश इन्चार्ज भीम रावल काठमाडौं फर्किने हवाई टिकट रद्द गरेर संसदीय दलको नेता र प्रदेश मन्त्रीको टुंगो लगाउने काममा जुटेका छन्।

शुक्रबार बिहान एमाले प्रदेश कमिटी बैठकले प्रदेश इन्चार्ज रावललाई संसदीय दलको नेता छान्न र प्रदेश मन्त्रीको टुंगो लगाउन जिम्मेवारी दिएको थियो। ‘अहिलेसम्म संसदीय दलको नेता नै चयन गर्न सकिएको छैन’, एमालेका प्रदेश कार्यालय सचिव दिनेश चन्द सुवेदीले भने।

एमालेमा संसदीय दलका लागि नै पाँच जना आकांक्षी देखिएका छन। एमालेका कैलाली पार्टी अध्यक्ष तथा कैलालीबाट प्रदेशसभा सदस्य दीर्घ सोडारी, बाजुराबाट प्रकाश शाह, कञ्चनपुरका पार्टी अध्यक्ष तथा कन्चनपुरबाट प्रदेशसभा सदस्य तारा लामा, डडेल्धुराबाट पठानसिंह बोहरा, र बैतडीबाट प्रदेशसभा सदस्य लीलाधर भट्टले संसदीय दलको नेताका लागि दाबेदारी पेस गरेका छन्।

‘चारै नेतासँग इन्चार्ज रावलले बैठक गरिरहनुभएको छ’ सुवेदीले भने। उनले शनिबार अपराह्न ३ बजे हुने मुख्यमन्त्रीकै शपथ ग्रहण समारोहमा प्रदेशमन्त्रीहरूको पनि शपथ गराउने गरी अबेरसम्म पनि प्रदेशमन्त्रीहरूको टुंगो लगाइने बताए। प्रदेश प्रमुखको कार्यालयले शनिबार अपराह्न ३ बजे मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टको शपथ ग्रहण कार्यक्रम तय गरेको छ।

यता माओवादी र एमालेबीचमा पनि मन्त्री र मन्त्रालय बाँडफाँटको पनि टुंगो लागेको छैन। मुख्यमन्त्रीबाहेक ६ मन्त्रालय रहेने भनिएको प्रदेश ७ मा माओवादीले मुख्यमन्त्रीबाहेक २ मन्त्रालय मागेको छ भने एमालेले त्यसमा सहमति जनाइनसकेको माओवादी स्रोतले जनाएको छ। केन्द्रमा भएको सहमतिअनुसार पनि मुख्यमन्त्रीबाहेक मन्त्रालयमा एमालेले ७० र माओवादी ३० प्रतिशत मन्त्रालय पाउने उल्लेख छ।

प्रदेश ७ मा ६ मन्त्रालयको ३० प्रतिशत भनेको १.८ हुने भएकाले दुई जना मन्त्री पाउनुपर्ने माओवादीको अडान छ। माओवादीले कैलालीबाट समानुपातिक प्रदेशसभा सदस्य विनीता चौधरीलाई प्रदेशमन्त्री बनाउन सहमति गरेको छ। तर, उनको पनि मन्त्रालय टुंगो भने लागिनसकेको प्रदेश ७ का सञ्चार प्रमुख ओमविक्रम भाटले जानकारी दिए।

प्रदेश इन्चार्जहरूबीच बैठक

माओवादी केन्द्रका प्रदेश इन्चार्ज लेखराज भट्ट र एमालेका प्रदेश इन्चार्ज भीम रावलबीच पनि मन्त्री छनोट र मन्त्रालय बढाउनेबारे बैठक बसेको छ। बैठकमा माओवादीले मुख्यमन्त्रीबाहेक २ मन्त्रालय पाउनुपर्ने दाबी गरेपछि केन्द्रमा सोधेर मात्रै अघि बढ्ने सहमति भएको बताइएको छ।

माओवादीले यस प्रदेशमा आर्थिक मामिला तथा कानुन र भौतिक पूर्वाधार तथा योजना मन्त्रालय दाबी गरेको छ। माओवादी स्रोतका अनुसार आर्थिक मामिला पाए झपट बोहरा र अन्य मन्त्रालय पाए दार्चुलाबाट मानबहादुर धामीलाई पठाउने माओवादी स्रोतले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.