स्कटिङ बिनै हिड्छन् मुख्यमन्त्री

स्कटिङ बिनै हिड्छन् मुख्यमन्त्री

जनकपुरधाम :  प्रदेश नम्बर दुईमा मुख्यमन्त्री तथा मन्त्रीहरुको पदभार ग्रहण भईसकेपनि सुरक्षाको भरपर्दो व्यवस्था हुन सकेको छैन्। मुख्यमन्त्री तथा मन्त्रीहरुको सुरक्षाका लागि स्कटिङमा प्रहरी नै खटाइएको छैन्। प्रहरी स्कटिङ बिना नै भिभिआइपीहरुको सवारी भइरहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ। प्रहरी स्कटिङ बिना नै बिभिन्न ठाउँमा जानुपर्ने बाध्यता रहेको प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत बताउँछन्।

मुख्यमन्त्री राउत भन्छन्–‘भारतको बोर्डर नजिकै अस्थायी मुकाम छ,त्यसैले सुरक्षा थ्रेट पनि उतिकै छ तर खै के कारणले अहिलेसम्म प्रहरी स्कटिङमा खटाइएको छैन,मलाई नै थाहा छैन्।’ उनले भने, यदि केन्द्रबाट सुरक्षा व्यवस्थापनबारे नीति निर्देशन आएको छैन भने तत्कालको लागि जिल्लाबाटै पनि व्यवस्था गर्दा हुन्थ्यो। मुख्यमन्त्रीसहित मन्त्रीद्वय जितेन्द्र सोनार र विजय यादव पनि बिना स्कटिङ नै बिभिन्न ठाउँमा जान बाध्य छन्।

प्रदेशमा सरकार सञ्चालन भएको अवस्थामा सर्वसाधारणलाई समेत मन्त्री तथा नेताहरुलाई हेर्न निकै कौतुहलता हुने गरेकोले मुख्यमन्त्री वा मन्त्रीहरु कुनै सार्वजनिक स्थानमा पुग्दा सयौंको भिड जम्मा हुने गर्दछ। यस्तो अवस्थामा सुरक्षा थ्रेट बढ्ने गरेको हो। खुल्ला सिमा भएको कारण पनि सुरक्षाको व्यवस्थापन चुस्त दुरुस्त नहुँदा दुर्घटना निम्तिन सक्ने सम्भावना रहेको छ।

प्रहरी जनशक्ति तथा नीति नियमको अभावले भिभिआइपीहरुको सुरक्षाका लागि सुरक्षाकर्मी अझै खटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी चक्रबहादुर सिंहले बताए। उनी भन्छन्–‘कसको नेतृत्वमा कतिजना सुरक्षाकर्मी परिचालन गर्ने भन्ने विषयमा अन्यौलता रहेकोले प्रहरी परिचालन गर्न नसकिएको हो।’प्रदेश सरकारसंग प्रहरी नरहेकोले व्यवस्थापनका लागि गृहमन्त्रालबाट खाका नपठाएसम्म व्यवस्थापनामा अझै कठिनाइ नै हुने एसपी सिंहले बताउछन्।

जिल्लाको आन्तरीक सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा ९ सय जनाको दरबन्दी भएतापनि साढे सात सयजना मात्रै कार्यरत रहेका छन्। सशस्त्र प्रहरी तर्फ हाल जिल्लामा करिब ६ सय जति कार्यरत रहेका छन्। हाल उपलब्ध प्रहरी जनशक्तिले जिल्लाको आन्तरीक सुरक्षा व्यवस्थापन गर्न नै ग्राहो भइरहेको बेला प्रदेश सरकारको लागि थप सुरक्षा व्यवस्थापन गर्नमा अझै चुनौती बढेको उनको भनाई छ।

एसपी सिंहका अनुसार गृहमन्त्रालयले प्रदेश तथा भिभिआइपीहरुको सुरक्षाका लागि दरबन्दी अनुसारको प्रहरी हाललाई पठाँउदा पनि प्रहरी व्यवस्थापनको समस्या समाधान हुन्थ्यो।

गृहमन्त्रालयको सुरक्षा नीति अनुसार मुख्यमन्त्री तथा मन्त्रीहरुलाई नेपाली सेनाको नेतृत्वमा सुरक्षा व्यस्थापन गरिएको प्रहरी अतिरिक्त महानिरिक्षक विजय कायस्थले बताए। प्रदेशमा प्रहरी परिचालनबारे सुरक्षा नीति नभएकोले प्रहरी स्कटिङ गर्न नसकिएको उनले बताए।

मुख्यमन्त्री तथा मन्त्रीसहितको भिआइपीको लागि स्कटिङ बारे ठोस निर्णय नभएको हुनाले भिभआइपीलाई स्कटिङ दिन नसकिएको गृहमन्त्रालयका प्रबक्ता नारायण दुवाडीले बताए। गृहमन्त्रालयको निर्णय अनुसार तत्काल सुरक्षाका लागि लागि मुख्यमन्त्रीको लागि नेपाली सेना र मन्त्रीको लागि सशस्त्र प्रहरी खटाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.