न्याउरी संघर्ष (फोटो कथा)
काठमाडौंका काँठमा मुसा आतंक मौलाउँदो छ। मुसाबाट आजित चापागाउँका एक परिवारले पासो थापे। मुसा परेन। औषधिमुलोले पनि छोएन। घरको अन्न मात्रै सखाप।
मुसा मार्ने नयाँ काइदा भेटियो। चिपेस्टिक राखेर मुसा समात्ने। तर, वनपाखा डुलिहिँड्ने न्याउरी एकाबिहानै आँगनमा चिपेस्टिकमा अल्झेर छट्पटाउँदै थियो। उसका हातगोडा चल्दैन थिए। ऊ चिच्याउँदै थियो बेस्सरी।
घन्टौंको संघर्षपछि न्याउरी चिपेस्टिकको फन्दाबाट उम्कियो। अनि लाग्यो, आफ्नै संसारको जंगली यात्रामा।