एकता टुंग्याउन प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

एकता टुंग्याउन प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

भक्तपुर : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा शनिबार बिहान भएको डेढ घण्टा लामो भेटवार्तामा दुई पार्टीबीच एकीकरण र सरकारमा सहभागिताका बारेमा छलफल भएको छ। 

भेटवार्तापछि अध्यक्ष प्रचण्डले पार्टी एकताकाबारेमा छलफल भएको प्रतिक्रिया दिए। उनले भने– 'पार्टी एकताका विषयमा कुराकानी भएको हो, एकताकाबारेमा छलफल सकारात्मक रुपमा अगाडि बढिरहेको छ, छिटो पार्टी एकता घोषणा गर्ने पहल जारी छ।' 

सो अवसरमा प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले आइतबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएकाले त्यसको तयारीका लागि आज दुई अध्यक्षबीच छलफल भएको जानकारी दिए।

आइतबार बस्ने एकता समितिको बैठकमा पार्टी एकता र सरकारमा सहभागिताका विषयमा विस्तृत छलफल हुने र त्यसकै तयारीका लागि दुई पार्टीका अध्यक्षबीच छलफल भएको उनले बताए। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.