प्रदेश ६ को उपसभामुखमा पुष्पा घर्ती निर्विरोध

प्रदेश ६ को उपसभामुखमा पुष्पा घर्ती निर्विरोध

सुर्खेत : प्रदेश सभाको उपसभामुखमा पुष्पा घर्ती चयन भएकी छन्। माओवादी केन्द्रका सांसद घर्ती प्रदेश नम्बर ६ को प्रदेश उपसभामुखमा निर्विरोध निर्वाचित भएकी हुन्। शनिवार वीरेन्द्रनगरमा सम्पन्न प्रदेश सभाको तेस्रो बैठकले उनलाई उपसभामुखका निर्वाचित भएको घोषणा गरेको छ।

बैठकमा घर्तीलाई उपसभामुखमा निर्वाचित गर्न माओवादीका सांसद धर्मराज रेग्मीले प्रस्ताव गरेका थिए। यस्तै एमाले सांसद मीना रखालले उक्त प्रस्तावमा समर्थन गरेकी थिइन्। उपसभामुखका लागि एउटा मात्र प्रस्ताव आएको भन्दै सभामुख राजबहादुर शाहीले घर्तीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्। एमाले र माओवादी केन्द्रले सभामुख र उपसभामुखमा भागवण्डा गरेका थिए। भागवण्डा अनुसार यसअघि नै एमालेबाट सभामुख निर्वाचित भइसकेका छन्।

यस्तै नवनिर्वाचित उपसभामुख पुष्पा घर्तीले शनिबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन्। उनलाई सभामुख राजबहादुर शाहीले शपथ दिलाएका हुन्।

शपथ लगत्तै उपसभामुख घर्तीले आफ्नो पदभार सम्हालेकी छन्। अब प्रदेश सभालाई गतिशील र सिर्जनशील बनाउन भूमिका खेल्ने उनको भनाइ छ। संसदमा रहेका दलहरुसँग मिलेर काम गर्ने भन्दै उनले प्रदेशको समृद्धि र जनताको पक्षमा काम गर्ने उल्लेख गरिन्। उपसभामुख घर्ती माओवादी जनयुद्धको क्रममा भूमिगत राजनीतिमा होमिएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.