चौकीदारीदेखि मुख्यमन्त्रीसम्मको यात्रा

चौकीदारीदेखि मुख्यमन्त्रीसम्मको यात्रा

परिवारको आर्थिक अवस्था कमजोर भएका कारण प्रदेश नम्बर ७ को मुख्यमन्त्री नियुक्त भएका माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट १४ वर्षमै जागिरको खोजीमा भारत हिँडेका थिए। उनी कक्षा ८ सम्मको पढाई सकेर १४ वर्षको पढ्ने उमेरमा भारत पसेका हुन्।

भारतको मुम्बईमा उनले सामान्य नेपालीले गर्ने चौकीदारीबाट आफ्नो काम सुरु गरे। भारतमा रहेका मजदुरको दुःखबाट उनलाई मजदुर युनियनमा जाने मन लाग्यो र उनले मजदुरको युनियन हुँदै अखिल नेपाल भारतीय एकता समाजमा पिक्रय भएर काम गरे।

नेपालीमाथि हुने श्रमशोषण, उनीहरुमाथि हुने विभेद र कुटपिटले भट्ट जहिले पनि दुःखी हुन्थे। ‘मजदुरीका क्रममा दुःखमा परेका विभेदमा परेका नेपालीलाई सहयोग गर्ने काम पनि गरे’, उनले भने, ‘पश्चिम नेपालका धेरै व्यक्तिको भारतमा जाने र त्यहाँ कामको स्तर र उत्पीडनले नै मलाई कम्युनिष्ट बनायो।’

अब भारतमा गएर मजदुरी नगर्ने प्रदेश बनाउने उनको प्रण छ। अन्नपूर्ण पोष्टसँग कुरा गर्दै उनले भने, ‘अब प्रदेश नम्बर ७ बाट भारतमा गएर निम्न स्तरको काम गर्न बाध्य नेपालीलाई प्रदेशमै रोजगारीको सिर्जना गर्ने काम गर्छु’, उनले भने।

उनी २०४७ सालबाट अखिल भारत नेपाल एकता समाजको सदस्यबाट राजनीतिमा उत्रिएका हुन्। माओवादी युद्धको तयारीका बेलादेखि नै उनले प्रवासमा रहेर नेपाली जनयुद्धलाई आर्थिक स्रोत जुटाउन खटिरहे। ‘म २०५६ सालबाट माओवादी पार्टीको पूर्णकालीन सदस्य भएँ’, उनले भने।

२०६१ सालमा पार्टीले उनलाई नेपाल बोलायो र उनी पार्टीको निर्णय मान्दै नेपाल फर्किए। नेपाल फर्केर भूमिगत भएका भट्टलाई पार्टीले २०६४ सालको निर्वाचनमा डोटीको निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लडायो। तर, उनी थोरै मतले पराजित भए। त्यसपछि उनलाई २०७० को संविधान सभा चुनावमा पार्टीले क्षेत्र परिवर्तन गर्दै डोटी निर्वाचन क्षेत्र नम्बर २ बाट लडायो। भाग्य नै भन्नुपर्छ उनले २०७० सालमा पनि पराजित हुनुप¥यो।

‘दुई चुनाव पराजित भएपछि मैले डोटीमै तरकारी खेती सुरु गरँे। म तरकारी बारीमा आफैँ काम गर्ने मान्छे हुँ। मलाई धेरैले तरकारी लगाउन थाल्यो भनेर हेला गरे’, उनले गुनासो गरे, ‘हाम्रो देशमा कृषि सम्मानित पेशा हो भन्ने कुरा बनाउनु छ, मेरो अर्को प्रयास कृषिलाई सम्मानित पेशा हो, पढेलेखेकाले गर्ने पेशा हो भन्ने बनाउनेतर्फ केन्द्रित हुनेछ।’

प्रदेशसभा चुनावमा मुख्यमन्त्री भट्ट डोटीको निर्वाचन क्षेत्र ‘ख’ बाट वाम गठवन्धनको तर्फबाट निर्वाचित भएका हुन्। त्यो क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता योगेन्द्रबहादुर शाहीलाई पराजित गरे।

मुख्यमन्त्रीको नियुक्ति बुझेपछि पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘अबको पाँच वर्षमा म प्रदेश नम्बर ७ को जग बलियो बनाउँछु।’ उनले जलश्रोत, कृषि र पर्यटन क्षेत्रको सदुपयोग गर्न सके मात्र प्रदेश ७ समृद्ध हुने उनको विश्वास छ।

मुख्यमन्त्रीको शपथ ग्रहणपछि भट्टले आफूले प्रदेशलाई नमुना प्रदेश बनाउने बताएका छन्। प्रदेश नम्बर ७ मा अथाहा सम्भावना भएकाले त्यसको दोहन गर्दै प्रदेशलाई आर्थिक समृद्धि दिशामा अघि बढाउने बताए। उनले आइतबार मन्त्रिपरिषदको पहिलो बैठक बस्ने र त्यसले जनतालाई खुसी हुने गरी ऐतिहासिक निर्णय गर्ने बताए।

मुख्यमन्त्रीलाई प्रदेशका प्रमुख सचिवको गाडी
केन्द्रसँग २५ वटा गाडी माग गरेकोमा सभामुख बाहेकका लागि कुनै गाडी नआएपछि प्रदेशका मुख्य सचिवको से १ झ २४९ नम्बरको गाडी मुख्यमन्त्रीलाई दिइएको छ। शपथ ग्रहण ढिलो भएकाले मुख्यमन्त्री तथा मन्त्रीहरुको पदस्थापन भने आइतबार हुनेछ।

प्रदेश ७ का सातै मन्त्रीले लिए शपथ


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.