कल्पपुञ्जको सञ्जीवनी सार्वजनिक

कल्पपुञ्जको सञ्जीवनी सार्वजनिक

काठमाडौं : कल्पना श्रेष्ठ ‘कल्पपुञ्ज’ द्वारा लिखित उपन्यास ‘सञ्जीवनी’ शनिबार लोकार्पण भएको छ । पुस्तकका बारेमा बोल्दै प्रमुख अतिथि काठमाडौं बहिरासंघकी अध्यक्ष सत्यदेवी वाग्लेले दोभाषेको माध्यमबाट भनिन् ‘सञ्जीवनी उपन्यास अपांग  र अशक्तलाई सक्षम बनाउन उत्प्रेरित गर्ने महत्वपूर्ण दस्तावेज हुन सक्छ ।’ उपन्यासमा आवाजबिहीन बालिकाको बाल्यकालका पीडादेखि यौनहिंसासम्मका विषय उठान गरिएको छ ।

अपांग तथा अशक्तले पनि अवसर पाएमा अरुसरह सामाजिक काम गर्न सक्छन् भन्ने सन्देश उक्त पुस्तकले दिएको छ । कार्यक्रममा महेश पौडेल, रजनी ढकाल र राम लोहनीले पुस्तकका बारेमा समीक्षात्मक टिप्पणी गरेका थिए ।

गीतकार तथा गजलकारकारुपमा स्थापित कल्पपुञ्जको आख्यान क्षेत्रमा महत्वपूर्ण उपस्थिति भएको उनीहरुले बताए । उपन्यासले पुरुषप्रधान समाजमा पुरुष र नारीका असमानता बारे पनि उजागर गरेको छ ।

साथै कार्यक्रममा आवाजबिहीन एवं साहित्य क्षेत्रमा सक्रिय व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले अक्षयकोषको घोषणा गरिएको छ । स्याङ्जामा मानकुमारी श्रेष्ठको नाममा अक्षयकोष स्थापना गर्ने जानकारी दिइयो । साथै उपन्यासको रोयल्टी बापत आउने दुई लाख रुपैयाँको चेक सोही समारोहमा उपन्यासकार र उनका श्रीमान लक्ष्मीराज श्रेष्ठले संयुक्त रुपमा साहित्यकार गङ्गा पौडेललाई हस्तान्तरण गरे ।

कार्यक्रम वरिष्ठ कवि तथा आख्यानकार भुवनहरि सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो । शिखा बुक्सद्वारा प्रकाशित पुस्तकको मूल्य तीन सय ५० रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.