प्रधानमन्त्री ओली आइतवार सरकारी निवास बालुवाटार सर्ने
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली भोलि आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन् ।
प्रधानमन्त्री ओली आइतवार अपराह्न ४:०० बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री निवास छोडिसकेका छन् ।