एइबरविरुद्ध बार्सिलोना सजिलै विजयी
काठमाडौः पहिलो र दोस्रो हाफमा गरेको १–१ गोलको मद्दतमा स्पेनिस ला लिगा अन्तरगत शनिबार राति भएको खेलमा बार्सिलोनाले एइबरलाई २–० ले पराजित गरेको छ ।
बार्सिलोनाको जितका लागि दुवै गोल प्ले मेकर लियोनेल मेसीले उपलब्ध गराए । पहिलो गोल खेलको १६ औँ मिनेटमा मेसीको पासमा लुइस स्वारेजले गरे ।
दोस्रो हाफमा १० खेलाडीमा झरेको एइबरविरुद्ध बार्सिलोनाले अर्को गोल गर्यो । खेलको ८८ औँ मिनेटमा लियोनेल मेसीले हानेको बललाई एइबरका किपरले रोकेर रिबाउन्ड भएपछि जोर्डी अल्बाले पोस्टको दिशा दिँदै २–० को जित पक्का गराए ।
यो जितपछि बार्सिलोना २४ खेलबाट ६२ अंकसहित लिगको पहिलो स्थानमा कायमै छ । पराजित एइबर भने २४ खेलबाट ३५ अंकसहित लिगको सातौँ स्थानमा छ ।
लिगको दोस्रो स्थानमा २३ खेलबाट ५२ अंकसहित एटलेटिको मड्रिड छ भने २२ खेलबाट ४२ अंकसहित साविक विजेता रियल मड्रिड चौथो स्थानमा छ ।