प्रदेश राजधानी सार्न हतार छैन : मुख्यमन्त्री पाैडेल

 प्रदेश राजधानी सार्न हतार छैन :  मुख्यमन्त्री पाैडेल

बनेपा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी सार्ने विषयमा कुनै हतार नभएको बताएका छन् । प्रदेश सरकारले पूर्णता नपाएको र नीतिनियम एवं मोडलबारे अलमलिएको अवस्थामा स्थायी राजधानीको कुरा उठाउनु उपयुक्त नभएको उनको भनाइ छ ।

धुलिखेल नगरपालिकाको ३२ औं स्थापना दिवसका अवसरमा शनिबार मुख्यमन्त्री पौडेलले भने, ‘म मुख्यमन्त्री भइसकेँ । तर प्रदेश सरकारको अवस्था, मोडल, स्रोतसाधन, नीतिनियम एवम् अधिकारबारे मलाई थाहै छैन, कस्तो हुन्छ, के हुन्छ । सबै कुरा प्रक्रियाबाट टुंगिन्छन् ।’ प्रदेश राजधानीको विषय विधि र प्रक्रियाबाट सल्टिने विषय भएकाले हतार नगरी केही समय पर्खन उनले आग्रह गरे ।

प्रत्येक स्थानीय तहलाई नयाँ मोडेलमा दिगो विकास गर्न उनले आग्रह गरे । कार्यक्रममा काभ्रे प्रतिनिधिसभा १ का सासद गंगाबहादुर दोङ र प्रतिनिधिसभा २ का सासद गोकुल बास्कोटाले १३ जिल्लाको केन्द्रस्थल काभ्रे भएकाले स्थायी राजधानी काभ्रे उपयुक्त हुने दाबी गरे । ‘हामीले छिमेकी जिल्लाका सासदसँग निरन्तर समन्वय एवं सहकार्य गरिरहेका छौँ’, उनले भने, ‘उहाँहरू स्थायी राजधानी काभ्रे ल्याउनेमा सहमत हुनुहुन्छ । त्यसैले हामी विधि र प्रक्रियाको मात्र पखाईमा छौँ ।’

सबै गाउँपालिकाको विकास अत्यानुधिक किसिमले गर्न पौडेलको आग्रह छ ।

कार्यक्रममा धुलिखेल नगरपालिकाका मेयर अशोक व्यञ्जूले नगरपालिकाको आर्थिक, सामाजिक, खानेपानी, सडक र नगरपालिकाको समग्र दिगो विकासबारे नीतिनियम र योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा मकवानपुर, सिन्धुली र चितवनका प्रदेश तथा प्रतिनिधिसभा सासदको समेत उपस्थिति थियो ।




प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.