प्रधानमन्त्री ओली आज बालुवाटार सर्दै
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज बालुवाटार सर्ने भएका छन् । ओली आइतबार दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटार सर्ने कार्यक्रम तय भएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । दोस्रोपटक प्रधानमन्त्री बनेका ओली पुनः बालुवाटार प्रवेशसँगै सर्वसाधारणले उनीबाट स्रंमृद्व नेपालको आशा व्यक्त गरेका छन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री निवास छोडिसकेका छन् ।