आज पनि ओली–प्रचण्ड वान टु वान वार्ता, सं‌योजन समिति स्थगित

आज पनि ओली–प्रचण्ड वान टु वान वार्ता, सं‌योजन समिति स्थगित

काठमाडौँः दुई पार्टीको एकतालाई अन्तिम रुप दिन आज (आइतवार) पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान वार्ता भइरहेको छ ।

नेकपा माओवादी निकट व्यवसायी दुर्गा प्रसाईको भक्तपुरस्थित घरमा यी दुई नेताबीच अहिले वान टु वान वार्ता जारी रहेको छ । नयाँ पार्टीको सैद्धान्तिक विचारधारा र नेतृत्व बाँडफाँटमा कुरा नमिलिरहेका बेला दुई नेता एकतालाई निचोडमा पुर्या‍उन जुटेका हुन् ।

गृहकार्य अझै बाँकी रहेको भन्दै दुई नेताले मात्रै वार्तामा बस्ने भनेपछि आजै हुने भनिएको एकता संयोजन समितिको बैठक पनि स्थगित भएको छ ।

दुई नेताले आज वार्तास्थल पनि फेरेका हुन् । यसअघि भानववनस्थित माओवादी निकट व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा वार्ता गर्दै आएका ओली–प्रचण्ड आज झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईको भक्तपुरस्थित घरमा पुगेका हुन् ।

दुई नेताले वान टु वान वार्तालाई निरन्तरता दिएर भोलिसम्ममा सबै कुरालाई निकाश दिने तयारी गरेका स्रोतले बताएको छ । एमाले र माओवादीबीच पार्टीले अवलम्बन गर्ने सिद्धान्त र नेतृत्वमा कुरा मिलेको छैन । अर्कातिर माओवादीले सरकारमा जाने नेताको टुंगो गर्न नसक्दा पनि एकता प्रभावित भइरहेको छ ।

दुई नेताबीच नयाँ पार्टीको नाम र सांगठानिक संरचनाबारे करिब कुरा मिलिसकेको छ । यसअघि माओवादीले सबै कुरा प्याकेजमै टुंग्याउने बताएपछि नेकपा माओवादी केन्द्र ओली नेतृत्वको सरकारमा पनि गएको छैन ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.