बिराटनगरबाट विप्लवका २ सय नेता कार्यकर्ता पक्राउ

बिराटनगरबाट विप्लवका २ सय नेता कार्यकर्ता पक्राउ

बिराटनगरः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई सयजना कार्यकर्तालाई प्रहरीले आइतबार यहाँका विभिन्न स्थानबाट गिरफ्तार गरेको छ ।

बिराटनगरमा आजै हुन लागेको नेपाल कम्युनिस्ट पार्टीको युवा सगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलनमा प्रहरीले हस्तक्षेप गरी दुई सय जना नेता कार्यकर्ता गिरफ्तार गरेको हो ।

प्रहरीले बिराटनगरको गुद्री बजारस्थित सम्मेलनस्थलको हलमा बसिरहेका करिब २ सयजना कार्यकर्तालाई गिरफ्तार गरी हिरासतमा लिएको हो । प्रहरीका अनुसार विप्लवका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली, पोलिटब्युरो पदमबहादुर राई, केन्द्रीय सदस्य कमल खड्का र नवीन रानासहितका नेता कार्यकर्ता पक्राउ परेका हुन् ।

विप्लवका कार्यकर्ता बिराटनगर केन्द्रित भएसँगै ठुलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरेर चोक चोकबाट विप्लवका नेता कार्यकर्तालाई पक्राउ गरिएको हो ।

प्रहरीले हस्तक्षेप गरेपछि विप्लवका युवाको राष्ट्रिय सम्मेलन पनि बिथोलिएको छ । मोरङका प्रहरी प्रवक्ता डिएसपी विष्णुहरि कोइरालाका अनुसार चारजना केन्द्रीय नेतासहितलाई हिरासतमा लिइएको हो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.