राजधानी हेटौंडाबाट सर्दैन : मुख्यमन्त्री पौडेल

राजधानी हेटौंडाबाट सर्दैन : मुख्यमन्त्री पौडेल

हेटौंडा : प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाबाट राजधानी अन्यत्र नसर्ने बताएका छन्। आइतबार हेटौंडा उपमहानगरपालिकाको दोस्रो नगरसभा उद्घाटन गर्दै हेटौंडा नै स्थायी राजधानी हुने दाबी गरे।

‘स्थायी राजधानी बनाउने विधि प्रक्रिया छ, कसैले हल्ला गर्दैमा राजधानी सर्दैन’, उनले भने, ‘प्रदेशको राजधानी हेटौंडा सर्ने कुरा हल्ला मात्र हो।’ साथै उनले मुख्यमन्त्रीसँग राजधानी साट्ने हल्ला निराधार भएको बताए। ‘मुख्यमन्त्रीसँग राजधानी साट्ने भनेर गलत हल्ला चलाइएको छ’, उनले भने, ‘कसैले पनि राजधानीसँग मुख्यमन्त्री साट्न सक्दैन।’

प्रदेश तीनमा भएका स्रोत साधन प्रयोग गर्नसके मात्र पर्याप्त विकास गर्न सकिने मुख्यमन्त्री पौडेलको भनाइ छ। प्रदेशको १३ जिल्लामा नै स्मार्ट सिटी निर्माण आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताए। ‘नयाँ र अत्याधुनिक शहर प्रत्येक जिल्लामा पाँच वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य छ’, उनले भने। प्रदेशको भूमिकाबारे अन्यौलता कामयै रहेको बताउँदै मुख्यमन्त्री पौडेलले त्यसलाई चिर्न पहिलो काम ऐन नियमहरु निर्माण गर्नुपर्ने बताए।

दश प्रतिशत मात्र कर्मचारी मन्त्रालयमा हाजिर हुन आएको उनले बताए। ‘कर्मचारी नहुँदा मन्त्रलय व्यवस्थापन गर्न सकिएको छैन’, पौडेलले भने, ‘कर्मचारीमा सिंहदरबार वरिपरिमात्र घुम्ने मानसिकता कायमै छ, यसले गर्दा केही समस्या देखियो।’ नगरसभाले विभिन्न नीति नियम पारित गर्ने मेयर हरिबहादुर महतले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.