अधिवक्ता दीपेन्द्र झा प्रदेश २ को मुख्य न्यायाधीवक्ता सिफारिस
जनकपुर : अधिवक्ता दीपेन्द्र झा प्रदेश २ को मुख्य न्यायाधीवक्तामा सिफारिस भएका छन् । सर्वोच्च अदालतमा करिब एक दशकदेखि अवकालत गर्दै आएका झालाई संघीय समाजवादी फोरमकोले मुख्य न्यायाधिवक्तमा सिफारिस गरेको हो ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुख्य न्यायाधीवक्तमा झालाई आजै नियुक्ति गरेर शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ। यद्यपी अहिलेसम्म शपथको कार्यक्रम भने निश्चित भएको छैन् ।
अधिवक्ता झाले थाइल्याण्ड र बेलायतबाट कानुनमा स्नातकोत्तर गरेका छन् । झा मानव अधिकार र संवैधानिक कानुनका विज्ञ हुन् ।