चौधरी उपसभामुख निर्वाचित, संघीय फोरम पनि पक्षमा

चौधरी उपसभामुख निर्वाचित, संघीय फोरम पनि पक्षमा

बुटवल : प्रदेश नम्बर ५ को उपसभामुखमा वामगठबन्धनका उम्मेद्वार कृष्णी चौधरी थारु निर्वाचित भएकी छन् । निर्वाचनमा संघीय समाजवादी फोरमले पनि चौधरीको पक्षमा मतदान गरेको छ ।

फोरमका पाँच जना सदस्यले उपसभामुख पदकी उम्मेद्वार कृष्णी चौधरी थारुको पक्षमा मत गरेका हुन् । उपसभामुखको निर्वाचनमा संसदमा मतविभाजन हुँदा कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी रिना नेपाल विश्वकर्माको पक्षमा १९ मत मात्रै खसेको छ भने वाम गठबन्धनकी उम्मेदवार थारुको पक्षमा ६६ जना सांसदले मत जाहेर गरेका थिए । एक मात्र सदस्य रहेको जनमोर्चाले पनि वामगठबन्धनकै थारुको पक्षमा मत हालेको छ ।

संसदको बैठकले कार्यव्यवस्था परामर्श समिति समेत गठन गरेको छ । बैठक सुरु हुनासाथ जेष्ठ सदस्य पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएको पत्र पढेर सुनाएका थिए । संसद बैठक साँझ ५ बजेसम्मका लागि स्थगित भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.