प्रदेश ६ का मन्त्रीहरुको टुंगो लाग्यो, आजै सपथ

प्रदेश ६ का मन्त्रीहरुको टुंगो लाग्यो, आजै सपथ

सुर्खेतः प्रदेश नम्बर ६ मा आइतवार मन्त्रिपरिषद् विस्तार हुँदैछ । नेकपा एमाले र माओवादी केन्द्रले मन्त्रीहरुको टुंगो लगाएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउन लागेको हो । मन्त्रीहरुको शपथ आइतवार नै हुँदैछ ।

गठबन्धनका दल एमाले र माओवादी केन्द्रबीच मन्त्रालय भागबण्डामा सहमति भएपछि मन्त्रीहरुको पनि टुंगो लागेको हो । यसअघि मुख्यमन्त्री पाएको माओवादीले आफ्नो भागमा परेका दुई मन्त्रीको टुंगो लगाएको छ । यस्तै एमालेले पनि लामो कसरतपछि मन्त्रीहरुको टुंगो लगाएको हो ।

माओवादीका नरेश भण्डारी र विमला केसी मन्त्री बन्दैछन् । जुम्लाबाट निर्वाचित प्रदेश सभाका सांसद भण्डारीले आर्थिक मामिला तथा योजना मन्त्रालय र रुकुमबाट विजयी सांसद केसीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हाल्ने छन् ।

यस्तै नेकपा एमाले प्रकाश ज्वालाको नेतृत्वमा सरकारमा सहभागी हुँदैछ । एमालेले आफ्नो भागमा परेका चार ओटा मन्त्रालयका लागि मन्त्रीहरुको छनौट गरेको हो ।

जस अन्तर्गत सल्यानबाट विजयी सांसद ज्वालाले गृह अर्थात आन्तरिक मामिला तथा कानुन मन्त्रालय, हुम्लाका दलबहादुर रावलले सामाजिक विकास मन्त्रालय, सुर्खेतका खड्कबहादुर खत्रीले भौतिक पूर्वाधार विकास मन्त्रालय र डोल्पाका नन्दसिंह बुढाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्ने छन् । आज नै मन्त्रीहरुको शपथ कार्यक्रम तय भएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.